दाङमा वडास्तरमै गठबन्धन गर्ने सत्तापक्ष कार्यदलको निर्णय

दाङ,२२ चैत ।

दाङमा सत्तापक्ष कार्यदलले सबै वडामा गठबन्धन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कार्यदलको बैठकले वडा तहमै गठबन्धन गर्ने निर्णय गरेको छ । कार्यदलले गरेको उक्त निर्णयलाई जिल्ला गठबन्धन समितिमा पठाउने र त्यो गठबन्धन समितिले सदर गरेर अघि बढ्न् छ ।

कार्यदल समितिले गरेको निर्णयलाई जिल्लाको गठबन्धनको समितिले निर्णय गरेपछि कार्यान्वयनयमा जानेछ । बैठकमा काँग्रेसका जिल्ला सचिब अर्जुन योगी, माओवादी केन्द्रका घोराही नगर इञ्चार्ज विश्वराज आचार्य,जनता समाजवादीका जिल्ला प्रचार विभाग प्रमुख जीवन भण्डारी,एकीकृत समाजवादीका रावित्रा गुरुङ, जनमोर्चाका काँशीनाथ पौडेलको बैठकमा सहभागिता रहेको थियो ।


जिल्लामा पनि गठबन्धन गरेर जाने विषयमा छलफलले तिब्रता पाएको छ । यस अघि तुलसीपुरमा गठबन्धन गरेर जाने सत्तापक्ष गठबन्धनले निर्णय गरेका छन् ।