श्रमिकहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्छ : अधिकारी

घोराही ,१९ बैशाख । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) दाङले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरि १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिबस मनाएको छ । कार्यक्रम हुनु अघि श्रमिकहरु सङ्ग सम्बद्ध विभिन्न संघसंगठनहरुको सहभागितामा बसपार्कबाट र्‍याली जुलुस निकालिएको थियो । र्‍याली पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ट्रेड अटोमेकानिक युनियनको केन्द्रिय सल्लाहकार परिषद प्रमुख जीवन अधिकारीले अनौपचारिक क्षेत्रमा काम गर्ने सम्पुर्ण श्रमिक तथा मजदुरहरु योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अधिकारीले सरकारले मजदुरहरुका निम्ति यो नीति ल्याएपनी सम्पुर्ण श्रमिक बर्गहरु आबद्ध हुन नसकेको बताउदै अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आग्रह गर्नुभएको हो । सामाजिक सुरक्षा कोषमा स्वरोजगार मजदुरहरुको हकहितका सबै विशेषजलाई उल्लेख गरिएको उहाले बताउनु भयो । जिफन्ट दाङ जिल्ला कमिटीका अध्यक्ष केशव बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख किरण प्रताब मल्ल,जिफण्ट जिल्ला ईन्चार्ज शिबराज पन्थी,नेपाल ट्रेड अटोमेकानिक युनियनको केन्द्रिय सदस्य गोहराज चौधरी ,नेपाल ट्रेड अटोमेकानिक युनियन लुम्बिनी प्रदेश अध्यक्ष दिल बहादुर क्षेत्री दसौंदि, माया चौधरी , जिफन्ट जिल्ला कमिटी सल्लाहकार हरिसचन्द्र चौधरी , नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीका प्रेस सल्लाहकार लक्ष्मण बिश्वकर्मा र अपाङ्ग मानव अधिकार जिल्ला सचिब देबका खनाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्दै सम्पुर्ण मजदुर एकजुट भएर आफ्ना मुद्दालाई एकैसाथ उठाउनु पर्ने बताउनु भएको थियो । जिफन्ट जिल्ला उपाध्यक्ष कुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिब वसन्त चौधरीले गर्नुभएको थियो ।