दंगीशरण गाउँपालिकामा ७ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

दंगीशरण, १८ माघ ।
दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र नमुना माध्यमिक विद्यालय हेकुलिको ब्यबस्थापनमा बुधबारदेखि शुरुभएको ७ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको समापन भएको छ ।

समापन कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले सबै कार्यको सफलताका लागि प्रमुख तत्व शिक्षा रहेकाले गुणस्तरीय शिक्षाका लागि सवै लाग्नुपर्ने बताएका छन् । गिरीले खेलकुदले बालबालिकाको स्वास्थ्य र समग्र विकासमा सहयोग पुर्याउने भएकाले खेलकुदलाई अनुसासन र लगनशीलताका साथ अगाडि लैजानुपर्ने बतएका छन् ।

यस्तै अध्यक्ष गिरीले आफुहरु निर्वाचित भएर आए पस्चात सबैको सम्मानका लागि कार्यक्रमहरु गर्दै आएको बताए । भौतिक पुर्वाधार र मानविय विकासलाई सङ्गै अगाडी लगेको बताए । अध्यक्ष गिरीले खेलकुदको विकास र युवाहरुको ब्यक्तीत्व विकास र शारिरीक मानसिक विकासका लागि खेलकुद महत्त्वपुर्ण रहेको बताए ।


यस्तै समापन समारोहमा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले खेलकुदले विद्यार्थीको सर्वाङ्गिण विकासमा ठुलो सहयोग पुग्ने बताइन । उपाध्यक्ष खड्काले खेलकुद सङ्गै अनुशासन र लगनशीलतालाई विशेष ध्यान दिन आग्रह गरीन ।

बुधबार सहिद दिवसको अवसरपारी आयोजित रनिङ शिल्ड प्रतियोगीताको शुक्रबार औपचारिक कार्यक्रम सहित समापन गरीएको हो । दंगीशरणका सस्थागत र सामुदायिक गरी ९ वटा विद्यालय रनिङ शिल्डमा सहभागी थिए । ३ दिनसम्म चलेको रनिङ शिल्डमा ३ रजत ५ कास्य र १९ स्वर्ण सहित बिरेन्द्र नमुना माध्यामिक विद्याललय हेकुलि प्रथम,३ कास्य ९ रजत र ४ स्वर्ण सहित सिद्ध पृथ्वी जनता माध्यामिक विद्यालय, श्रीगाउँ द्दितिय, र ३ कास्य,३ रजत,र ४ स्वर्ण सहित ज्ञानोदय इङलिस बोर्डिङ स्कुल तृतिय भएका हुन् ।

समापन कार्यक्रममा कार्यपालिका सदस्य टंकी भण्डारी,श्रीधर शर्मा,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली वडा नं. १ का वडा अध्यक्ष तथा गाउँपालिका प्रबक्ता रमेश भण्डारीले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको सहजिकरण बिरेन्द्र नमुना माध्यमिक विद्यालय हेकुलिका शिक्षक दिनेश रेग्मीले गरेका थिए ।