लमही नगरपालिकामा कार्यपालिका सदस्यबाटै आन्दोलन

देउखुरी,१३ असोज /
दाङको लमही नगरपालिकामा कार्यपालिका सदस्यहरुले आन्दोलन गरेका छन् । आफु अनुकलको प्रमुख प्रशासकिय अधिकृतको माग राख्दै लमही नगरपालिकाका नौ वटै वडा सदस्य र कार्यपालिका सदस्यहरुले लमही नगरपालिमा चरणबद्ध आन्दोलन गर्ने बताएका छन् ।

विहिवार लमही नगरपालिकामा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्षहरुले प्रमुख प्रशासकिय अधिकृत गहेन्द्र वहादुर डाँगी सरुवा हुन नखोजेको र प्रमुख प्रशासकिय अधिकृतको रुपमा देवेन्द्र प्रसाद क्षेष्ठ कार्यरत रहेकाले डाँगीलाई हाजिर नगराउन माग गरेका छन् ।

लमही नगरपालिकका प्रमुख प्रशासकिय अधिकृतको सरुवा गर्ने विषयमा मेयर उपमेयर र अन्य कार्यपालिका सदस्य विभाजित भएका छन् । कार्यपालिका सदस्यहरुले मेयर उप मेयरको सक्रियतामा गेहेन्द्र बहादुर डाँगीलाई पुनःलमही नगरपालिका ल्याउन पहल गरिएको भन्दै मेयर उपमेयरको आलोचना समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा लमही नगरपालिका प्रवत्ता तथा लमही नगरपालिका वडा नं ७ का वडा अध्यक्ष मोहन गिरीले डाँगी लमहीमै बस्न खोजे चरणबद्ध आन्दोलन गर्ने बताउनुभयो ।


पहिलो चरणमा लमही नगरपालिकामा धर्ना, दोस्रो चरणमा नगरपालिकामा तलावन्दी गर्ने र तेस्रो चरणमा सम्पुर्ण वडा कार्यालय बन्द गर्ने सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन । लमही नगरपालिकामा दुइवटा कार्यालय प्रमुख भएका छन् ।

देवेन्द्र श्रेष्ठ र गेहेन्द्र डाँगी प्रमुख प्रशासकिय अधिकृतको रुपमा दुइजना वहाल रहनु भएको छ । श्रेष्ठ कार्यकक्षमै काम गरिरहदा डाँगीले बुधबार लमही नगरपालिकामै हाजिर गरी विदामा बस्नु भएको छ ।

गहेन्द्र वहादुर डाँगीले सरव प्रक्रिया मन्त्रालयबाट हुन भएकाले यो विषयमा आफुलाई जानकारी नभएको दिदै आफुले लमही नगरपालिकामा हाजिर गरेको बताउनुभयो । यस विषयमा लमही नगरपालिका प्रमुख जोगराज चौधरी र उप मेयर लक्ष्मि योगी सम्पर्क आउन चाहनु भएन ।