माओवादी केन्द्र तुलसीपुरको अध्यक्षमा थापा निर्वाचित

तुलसीपुर, १७ माघ । नेकपा(माओवादी केन्द्र) तुलसीपुरको अध्यक्षमा मोहन थापा निर्वाचित भएका छन् । उनी यस अघि पनि अध्यक्ष थिए । उनले ३७ मत ल्याएर विजयी भएका हुन् ।

विहीबार भएको निर्वाचनमा उनका प्रतिस्पर्धी तुलाराम भण्डारीले १२ मत, घनश्याम डाँगीले ७ र विष्णु चौधरीले ५ मत ल्याएका थिए । भण्डारी निवर्तमान उपाध्यक्ष हुन्, भने डाँगी सचिबालय सदस्य हुन । त्यस्तै चौधरी जिल्ला समन्वय समिति सदस्य थिए ।

त्यस्तै उपाध्यक्षहरु, सचिब र कोषाध्यक्षमा भने निर्विरोध भएका थिए । उपाध्यक्षमा भिम चौधरी, अमर नेपाली‘माइकल’ र इश्वरादेवी रोका निर्विरोध भएका थिए । चौधरी र माइकल यस अघि पनि उपाध्यक्ष थिए, भने रोका कोषाध्यक्ष थिइन् ।


त्यस्तै सचिबमा शसिकिरण ढकाल निर्विरोध भएका छन् । उनी यस अघि पनि सचिब थिए । त्यस्तै कोषाध्यक्ष बालिका बुढाथोकी निर्विरोध भएकी छन् । उनी यस अघि नगर कमिटि सदस्य थिइन ।

त्यस्तै सहसचिबमा प्रकाश वली निर्वाचित भएका छन् । उनले ३२ मत ल्याएका छन्, भने उनका प्रतिस्पर्धी मदन हमालले २७ मत ल्याएका थिए । वली यस अघि नगर सचिबालय सदस्य थिए, भने हमाल वडा नं.९ का अध्यक्ष थिए ।

नगर कमिटिमा हाल ६३ सदस्य छन् ।