अब तुलसीपुर नगरमा आफ्नै प्रहरी

तुलसीपुर,१४ माघ । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ ।

नगर प्रहरीमा पास भएका १५ जनालाई ४० दिनको तालिम पछि सोमबार दज्र्यानी चिन्ह प्रदान गरिएको हो । नगर प्रहरी प्रमुख नायव निरीक्षक ऋषिराज पछाँइको नेतृत्वमा नगर असइ सञ्जय गिरी, नगर हवल्दार बिष्णु चौधरी र बिनोद रेउलेसहित ११ जना नगर प्रहरी जवानलाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

नगर प्रहरी भर्नाकालागि ऐन बनाएर भर्ना गरिएको हो । नगर प्रहरीलाई ४० दिने प्राथमिक कवाज तालिम इलाका प्रहरी कार्यालय तुलसीपुरका वरिष्ट प्रहरी नायव निरीक्षक मिलन श्रेष्ठको टोलीले दिएको थियो ।


सशस्त्र प्रहरीको टोलीले पनि उनीहरुलाई तालिम दिएको थियो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको अध्यक्षता तथा प्रदेशसभा सदस्य रेखा शर्माको प्रमुख आथित्यतामा दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

नगर प्रहरीको सेवासुविधा नेपाल प्रहरी समान हुनेछ । जसबाट मासिक चार लाख रुपैंया नगर प्रहरीको तलबमा खर्चहुनेछ ।