आत्मनिर्भर बन्नका लागि सीप अनिवार्यः नगर प्रमुख चौधरी

दाङ, ११ मंसिर ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले आत्मनिर्भर बन्नका लागि कुनै न कुनै सीप आर्जन गर्न जरुरी रहेको बताउनु भयो । आफूसंग सीप भएपछि आफ्नो घर व्यवहार राम्रोसँग चलाउन सकिने नगरप्रमुख चौधरीले बताउनु भयो ।

‘हामीलाई अवसर देउ, परिश्रम गरेर देखाउने छौं’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उज्यालो सर्फ बनाउने तीन दिने तालिमको समापन कार्यक्रममा नगर प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो ।

तीन दिने सर्फ उत्पादन गर्ने तालिम अत्यन्त उपलब्धि मुलक भएको तालिममा सहभागी गोमा घर्ती मगरले बताउनु भयो । यो तालिमले उर्जा मिलेको भन्दै आगामी दिनमा पनि यस्तै प्रकारका तालिमको आयोजना गरेर शारीरिक अपांगता भएका व्यक्तिहरुको हौसला प्रदान गर्ने र आर्थिक पाटोमा समेत टेवा पुर्याउने कुरामा आफुहरु विश्वस्त रहेको सहभागीहरुको भनाई छ ।


तालिममा अठार जना शारीरिक अपांगता भएका महिला पुरुषको सहभागी रहेको थियो । तीन दिने उज्यालो सर्फ तालिमको प्रशिक्षकमा मनसरी केसी रहनु भएको थियो ।

श्रीजनशील अपाङ्ग मैत्री संस्था लमहीका अध्यक्ष केशव सापकोटाको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमको सहजीकरण लमही अस्पतालका टेक बहादुर चौधरीले गर्नु भएको थियो ।

लमही नगरपालिका, नेपाल नेत्र ज्योति संघ, लमही आँखा अस्पताल र एनएविपि नर्वे लगायतको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।