तुलसीपुर नगर जेसिजको एक बर्षे कार्य प्रगतिको समीक्षा

दाङ, २९ पुस । तुलसीपुर नगर जेसिजले एक बर्षमा गरेका कामको समीक्षा गरेको छ । जेसिजमा एक ब्यक्ती एक कार्यकाल हुने र कार्यकाल पनि एक बर्ष मात्रै हुने हुँदा अध्यक्ष पूर्णविक्रम डाँगीले आफ्नो कार्यकालमा गरेका कामको समीक्षा गरेका हुन् ।

जेसिजले १ वर्षको अवधिमा ४४ वटा कार्यक्रम गरेको छ । नेतृत्व विकाससंगै भौतिक पूर्वाधार निर्माण, बिकट क्षेत्रमा स्वास्थ्य शिविरलगायतका महत्वपूर्ण कार्य गरेको अध्यक्ष डाँगीले बताए ।

उनका अनुसार पुस २९ गतेदेखि यसवर्षको पुस १२ गतेसम्म जेसिजले ट्राफिक सेचतना, मानव सेवा आश्रमको भवन निर्माणार्थ सहयोग, लागुपदार्थ दुव्र्यसनी न्यूनिकरण तथा साइबर क्राइम सम्बन्धी सचेतना, वृक्षारोपन, घरेल औजारको प्रयोगले चार किलोमिटर सडक निर्माण गर्ने चन्द्रबिर वलीलाई सम्मान लगायतका काम गरेको छ ।


यस्तै युवा र जनप्रतिनिधिबिच अन्तरक्रिया, बालबालिकालाई न्यानो कपडा वितरण, युवा सशक्तिकरण लगायतका काम गरिएको अध्यक्ष डाँगीले बताउनुभयो । उहाँका अनुसार जेसिजले तुलसीपुरको अरनिको मैदानमा सार्वजनिक शौचालय र राप्ती शान्ति उद्यानमा जेसिज बाटिका निर्माणाधिन अवस्थामा रहेको छ ।

कार्यक्रममा पूर्व अध्यक्ष मेघराज घिमिरे, केशवराज केसी, शालिकराम वली, पत्रकार गोपाल शर्मा भट्टराई, दिपक बोहरा, बसन्त पौडेल, एकराज भण्डारी, सन्तोष केसी, निरला अर्याल, उमा भण्डारी, जितसागर जिएम,आशिष केसी,टेकराज भण्डारीलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

उपाध्यक्ष केशवराज न्यौपानेको जेसिज आस्थापाठबाट शुरु भएको कार्यक्रमको सहजीकरण सल्लाहकार बुद्धि सापकोटाले गरेका थिए ।