जिपले ठक्कर दिदा स्कुल जाँदै गरेका ५ बिद्यार्थि गम्भिर घाईते

सल्यान १५ असाेज।

स्कुल जाँदै गरेका बिद्यार्थिलाई डबल क्याप जिपले ठक्कर दिदा ५ जना बिद्यार्थि गम्भिर घाईते भएका छन ।


जिल्लाको शारदा न.पा १मा रहेको शिबजन माबिमा आउदै गरेका बिद्यार्थिलाई थारमारे बाट आउदै गरेको लु २ च ५७०१ नं. को जिपले ठक्कर दिएको हो । घाईते बिद्यार्थिलाई थप उपचारको लागी नेपालगंज रिफर गरेको  छ।  जिप चालक लाई जिल्ला प्रहरी कार्यालय सल्यानले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रबक्ता अर्जुण पौडेल जानकारी दिनु भयो ।