
आजाद खड्का
“यथार्थमा कुरा के हाे भने ‘शेरा दरवार माओवादी र प्रचण्डलाई खुईल्याउन, ओली सरकारकाे ‘कु’शासनलाई ढाकछाेप गर्न र जनताकाे ध्यान अन्तै तिर लैजान पूर्वाग्रहि मानसिकताले दलाल पुँजीवादका खेताला केही राजनीतिक दल र ठुला भनिएका केही मिडियाले ज्याला पचाउन मच्चाएकाे ‘स्यालहुइया’ वाहेक अरु हाेईन/हुनै सक्तैन।”
१.विषय प्रवेश
पाठकवृन्द-शेरा दरवार अहिले चर्चामा छ। ओली सरकार नै याे दरवारलाई राष्ट्रियकरण गर्छु भनेर लागिरहेकाे छ। सरकार र ठुला मिडियाले प्रतिपक्ष नेता पुष्प कमल दाहाल “प्रचण्ड” संग जाेडेर चर्चा गरिरहेकाे छ। प्रतिपक्षले सरकारकाे ‘कु’शासन ढाकछाेप गर्न प्रतिपक्षमाथि आराेप लगाएर जनताकाे ध्यान माेड्न षडयन्त्र गरेकाे आराेप लगाएकाे छ। प्रचण्डले त ‘ओली सरकारकाे हिम्मत भए शेरा दरवार राष्ट्रियकरण गर्न’ चुनाैती समेत दिएका छन्। यसरी सत्तापक्ष र प्रतिपक्ष विचकाे जुहारी वनेकाे विदुर नपा-२ शेरावेंशीकाे ‘शेरा दरवार’काे रहस्यमय विषयहरुकाे नालीबेली बाहिर ल्याउने प्रयत्न गरिएकाे छ।
२.रहस्यमय नालीवेली
पाठकवृन्द- हामीले हामीले तपाईहरु समक्ष नुवाकाेट जिल्लाकाे विदुर नगर नगरपालिका वडा नं.२ स्थित शेरावेंशीमा रहेकाे ‘शेरा दरवार’का रहस्यमय नालीवेली प्रस्तुत गर्दैछाैं। गहिराे गरी ध्यान दिएर अध्ययन गर्नुहाेला।
• रहस्यमय नं.१
पाठकवृन्द-शेरा दरवार नुवाकोट विदुर नगरपालिका-२ स्थित शेरावेंशीमा रहेको नेपाल एकीकरणकालीन अवस्थामा पृथ्वी नारायण शाहले प्रयाेग गरेकाे दरबार हो। यो दरबारको निर्माण पृथ्वीनारायण शाहद्वारा शीत दरबारको रूपमा वि.सं. १८२२ मा गरिएको थियो।
पृथ्वीनारायण शाहको शासनकालमा नुवाकोटमा दुई दरबार निर्माण भएको थियो। साततले दरबारलाई ग्रीष्म कालीन दरबारका रूपमा उपयोग गरिएको थियो। नुवाकोटको शेराबेँसीमा रहेको यो दरबार वर्तमान समयमा भग्न अवस्थामा रहेको छ। पृथ्वीनारायण शाह जाडो महिनामा नुवाकोट डाँडामा रहेको दरबार र गर्मी महिनामा तादी किनारमा रहेको शेराबेँसी दरबारमा बस्ने गर्दथे। काशीनाथ तमोटले अनुमान गरेजस्तै पृथ्वीनारायण शाहले ‘दिव्योपदेश’ दिएको ऐतिहासिक स्थल यही शेराबेँसीको दरबार नै हो भन्ने अनुमान गर्न सकिन्छ।
• रहस्यमय नं.२
पाठकवृन्द-याे शेरा दरवार हाल अन्नपूर्ण फार्मिङका नाममा छ। यस फार्मिङको सेयरधनी विकेश श्रेस्ठ, अजय कुमार सुर्यवंशी र विकेशका छोरा- मनोवल श्रेष्ठका गरी तीनजना मात्र रहेका छन्।
• रहस्यमय नं.३
पाठकवृन्द-अब प्रश्न उठ्छ याे सम्पती विकेश श्रेष्ठका नाममा कसरी आयाे? त्याे सम्पती किन वेचमा आएकाे हाे कि उनिले हडपेकाे हाे?
-अन्नपूर्ण फार्मिङकाे २०७२ चैत्र ५ गते भएकाे साधारणिभाकाे निर्णय र २०७३ असार ३ मा सेयर दाखिला खारेजीको निणर्यले विकेश श्रेष्ठको नाममा ५ लाख ६७ हजार ५ सय कित्ता सेयर ५ करोड ६७ लाख ५० हजार रूपैयाँमा किनबेच भएको देखिन्छ।
-त्यसैगरी अजयकुमार सूर्यवंशीको नाममा पनि सेयर रहेको छ। उनका नाममा ४ लाख ६० हजार ४१० कित्ता सेयर ४ करोड ६० लाख ४१ हजार रूपैयाँमा किनबेच भएको देखिन्छ। त्यसैगरी नुवाकोट विदुर न.पा. वडा नं.४ बस्ने ध्रुवलाल श्रेष्ठका नाममा सेयर कित्ता संख्या ४५ हजार ४५ लाख रूपैयाँमा किनबेच भएको देखिन्छ।
-यसैगरी काठमाडौं नागार्जुन न.पा. वडा नं. ७ बस्ने सुमन पारिकको नाममा सेयर कित्ता संख्या ४५ हजार ४५ लाख रूपैयाँमा किनबेच भएको देखिन्छ। यी चारजनाको नाममा ११ करोड १७ लाख, ९१ हजार सेयर खरिदबिक्री भई जग्गा कम्पनीको नाममा लगेको देखिएको छ।
-२०८० मंसिर १० गतेसम्म उनीहरूमध्ये विकेश र अजय यथावत रही विकेशका छोरा मनोवल श्रेष्ठका नाममा ९० लाख रूपैयाँमा ९० लाख सेयर कित्ता बनाएर उनलाई नयाँ सेयरधनी बनाइएको थियो। हामी माथि रहस्य नं.२ मा भने जसरी अन्नपूर्ण फार्मिङ प्रा.ली.काे स्वामित्व विकेश श्रेष्ठ, अजय कुमार सुर्यवंशी र मनाेवल श्रेष्ठकाे देखिन्छ। यति अध्ययन पछि हामीमाथि एउटा अर्काे रहस्य पत्ता लगाउनु पर्ने जिम्मा आई लाग्याे। २०७२/१२/०५ गते विकेश श्रेष्ठ यस कम्पनीकाे मालिक हुन भन्दा अघि कसकाे स्वामित्व थियाे?
• रहस्यमय नं.४
पाठकवृन्द- २०७२ चैत्र ५ गते सम्म शेरा दरवारकाे मालिक विदुर नपा ४ का नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, सोहीनी श्रेष्ठ गरी चारजना थिए। उनिहरु २०५२ साल देखि २०७२ साल सम्मा उरमालिक रहेकाे देखिन्छ। कम्पनी रजिष्टार कार्यालयमा भएकाे अद्यावधिक गरिएकाे लिखत अनुसार उनिहरुले हेलेन शाह र जयन्ती शाहको नामवाट आफ्नाे नाममा नामसारी गरेकाे कम्पनी रजिस्टार कार्यालयको सेयर बिक्रि लिखतमा उल्लेख छ। अब हामीसंग अर्काे रहस्य पत्ता लगाउनु पर्ने भयाे। आखिर हेलेन शाह र जयन्ती शाह काे हुन? उनिहरुसंग यत्राे सम्पत्ति काहाँवाट आयाे?
• रहस्यमय नं.५
पाठक वृन्द- हामीले हेलेन शाह र जयन्ती शाह काे हुन भने खाेज अनुसन्धान गर्दा हामीलाई रहस्य पत्ता लाग्याे। हेलेन शाह बशुन्धरा शाहकाे श्रीमती हुन र जयन्ती शाह छाेरी रहिछिन। हेलेन शाह अन्नपूर्ण फार्मिङ प्रा.लि.काे संस्थापक शेयर धनी रहिछिन र जयन्ती शाह अर्की शंस्थापक शेयर धनी वशुन्धरा शाह कि अर्की पत्नी विजया राज्यलक्ष्मी शाहवाट शेयर खरिद विक्री लिखत अनुसार २०५२ सालमा शेयर खरिद गरेकी बशुन्धरा शाह कै छाेरी जयन्ती शाह! हामीलाई प्रस्ट हुन आयाे भने अन्नपूर्ण फार्मिङ प्रालीकाे सँस्थापक शेयर धनी दुईजना हेलेन शाह र विजया राज्यलक्ष्मी शाह हुन्। उनी दुवैजना बिसुन्धरा शाहकाे श्रीमती हुन्? अब हामीलाई दुई प्रश्न उठ्छ? अन्नपूर्ण फार्मिङ प्रा.ली.का नाममा याे शेरा दरवार कहिले देखि र कसरी आयाे र वशुन्धरा शाह काे हुन्?
• रहस्यमय नं.६
पाठक वृन्द- हामीले शेरा दरवारकाे छैटाै रहस्य पनि पत्ता लगाएका छाैं। अन्नपूर्ण फार्मिङकाे नाममा शेरा दरवारकाे लालपुर्जा २०४४ असार ११ गते आएको छ। तर याे जग्गा अन्तवाट आएकाे नभई याे जग्गाकाे लालपुर्जा नाममा भएकाे प्रा.लि.काे नाम गाैरीशंकर फार्मिङ थियाे। २०३६ असार १ गतेकाे तोक आदेशले मालपोत कार्यालयको श्रेस्तामा गौरी शंकरलाई काटेर अन्नपूर्ण फार्मिङ उल्लेख गरिएको थियो।
पाठकवृन्द अब हामीलाई थप रहस्य पत्तालगाउनु पर्ने आई लागेकाे छ। विषयमा प्रवेश गरेपछि जरैसम्म पुग्नुपर्छ। पत्ता लगाउदै गर्दा हामीमाथि प्रश्न आई लाग्याे। याे जमिन गाैरीशंकर फार्किङकाे नाममा काहाँवाट कहिले र कसरी आयाे? हामी यसकाे रहस्य पनि पत्ता लगाएरै छाेड्नेछाैं। हामीलाई पछ्याई राख्नुहाेस।
• रहस्यमय नं.७
पाठकवृन्द-हामीले अध्ययन गर्दै जाँदा गाैरीशंकर फार्मिङ प्रा.लि.का नाममा अन्त कतैवाट खरिदविक्रीमा आएकाे देखिदैन। अध्ययनले भन्छ- शेरा दरवार र सो दरबारले चर्चेको जमिन श्री ५ काे सरकारले फार्मिङकाे नाममा नापि गरेर नापी कार्यालय नुवाकोटको अभिलेख अनुसार २०३५ फागुन १२ गते यसकाे लालपुर्जामा कि.नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ को १६४–१३ –०२–०१ क्षेत्रफल जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भएको देखिन्छ। अब हामी अर्काे रहस्य याे कम्पनी कहिले र किन दर्ता भएकाे थियाे भन्ने कुरा पत्ता लगाउनेछाैं।
• रहस्यमय नं.८
पाठकवृन्द-पाठकवृन्द गाैरी शंकर फार्मिङ प्रा.लि.काे स्थापना कम्पनी रजिस्टार कार्यालयमा भएकाे लिखत अनुसार- हेले शाह र विजयालक्ष्मी शाहले शेयर धनी कायम रहने गरी २०२७ फागुन २८ गते भएकाे देखिन्छ।
यस कम्पनी स्थापना गर्नुकाे उदेश्य नै शेरा दरवार यहि कम्पनीकाे नाममा नापी गरेर राख्ने देखिन्छ। यति गर्नकाे कारण राजा महेन्द्रले २०२१ सालमा जारी गरेकाे भुमि सम्वन्धी ऐन र त्यसमा कायम गरिएकाे जग्गा हदवन्दी नियम भएकाे देखिन्छ। “तत्कालीन अधिराजकुमार बसुन्धराकी श्रीमती हेलेन शाह र विजया राज्यलक्ष्मी शाहको अंशमा परेको शेरा दरबार र त्यसले चर्चेको जग्गा २०२१ मा हदबन्दी कानुन लागू भएपछि सरकारका नाममा सर्नुपर्ने थियो । तर, उक्त जग्गा व्यक्तिकै नाममा जोगाउन २०२७ मा गौरीशंकर फार्मिङ स्थापना गरी कम्पनीका नाममा राखिएको थियो ।” ( जय सिं महरा/गंगा विसी- कान्तिपुर, माओवादीले झन्डा गाडेको शेरा दरबारको १६४ रोपनी नेताका नाममा)
त्यहि ऐनकाे दफा १२(क) र (ख) मा कम्पनी, उद्याेग वा कलकारखानामा भने हदवन्दी नलाग्ने व्यवस्था गरिएकाे छ। त्यहि ऐनले गरेकाे व्यवस्थामा टेकेर अंशमा परेकाे “शेरा दरवार” नापी गराउन हेलेन शाह र विजया राज्यलक्ष्मी शाहले कम्पनी स्थापना गरेका थिए। अब प्रश्न उठ्छ हेलेन शाह र विजया शाह दुवै वशुन्धरा शाहकाे पत्नी हुन्? आखिर उनिहरुका श्रीमान वसुन्धरा शाह काे हुन? उनकि श्रीमतिद्वयलाई शेरा दरवार अंशमा किन पर्याे?
• रहस्यमय नं.९
पाठकवृन्द-‘शेरा दरबार’ तत्कालिन राजा त्रिभुनका छाेरा, त्यसपछिकाे तत्कालिन राजा महेन्द्रका भाई “तत्कालीन अधिराजकुमार बसुन्धराकी श्रीमती हेलेन शाह र विजया राज्यलक्ष्मी शाहको अंशमा परेको” हाे। (उहिं) राजपरिवारका सदस्यदे ऐन मै टेकेर त्याे जग्गा कमपनीकाे नाममा नापी गराई लिएकाे देखिन्छ। सरकारी जग्गा हडपेकाे अर्थ लगाउन मिल्दैन। पहिले जग्गा बाहुबलीकै भरमा स्वामित्व कायम गर्ने प्रचलन थियाे। तत्कालिन अधिराजकुमार वसुन्धरा शाह कि श्रीमती द्वयले पनि त्यसरी स्वामित्व कायम गरिएकाे श्रीमानकाे सम्पत्ति वाट अंश पाएकाे देखिन्छ।
-“भूमिसम्बन्धी ऐन २०२१ को उद्देश्य जग्गामा हदबन्दी लगाउने भन्ने रह्यो । त्यसभन्दा पहिले जग्गाजमिन बिर्ताको हिसाबले दिने चलन थियो । सरकारी कर्मचारीको तलबभत्ता, मठमन्दिर आदि संस्कारलगायत सबैमा जमिन नै दिने चलन थियो । त्यस बेला जग्गा राजा वा राज्यको हो भन्ने थियो । त्यस्तो जमिन बसोबास गर्नेले उपयोग गरेबापत उत्पादनको केही हिस्सा राज्यलाई बुझाउनुपर्ने परिपाटी थियो । राज्यको जग्गामा व्यक्तिको स्वामित्व देखाउन राज्य, रकम, रैकरजस्ता प्रकारमा विभाजन गरियो । जुन क्रम भूमिसम्बन्धी ऐन २०२१ जारी हुनुभन्दा अगाडिसम्म कायम रह्यो।” (दामाेदर ढकाल, राताेपाटी डटकम, ‘जग्गा नापजाँच : पहिलेदेखि अहिलेसम्म’ १४ पुस २०८२) भन्ने भनाईले पनि याे कुरालाई प्रमाणित गर्दछ।
३. निश्कर्ष
-अब हामी याे लेखकाे सार वस्तुमा रहेर निश्कर्ष निकाल्दैछाैं:
• निश्कर्ष नं.१
पाठकवृन्द- शेरा दरवार तत्कालिन राजा महेन्द्रका भाइ अधिराजकुमार बसुन्धरा शाहकाे श्रीमतिद्वय हेलेन शाह र विजया राज्यलक्ष्मी शाहकाे अंश हाे।
• निश्कर्ष नं.२
पाठकवृन्द-भुमिसम्वन्धी ऐन २०२१ अनुसार त्यसकाे कार्यान्वयनका क्रममा शेरा दरवार तत्कालिन श्री ५ सरकारले २०३५ साल फागुन १२ गते जग्गा नापी कम्पनीका नाममा लाल पुर्जा दिएकाले शेयर धनी हेलेन शाह र विजया राज्यलक्ष्मी शाहकाे पूर्ण हक छ।
• निश्कर्ष नं.३
पाठकवृन्द-याे जग्गा राष्ट्रिय करण गर्दा त्यहि भूमि सम्वन्धी ऐन २०२१ मा टेकेर कम्पनी, उद्याेग वा कल कारखाना वनाई राखिएका हजाराैं कम्पनीका नाममा रहेका अन्य हजाराै विघा जमिन के गर्ने?
• निश्कर्ष नं.४
-पाठकवृन्द- ओली सरकारले अधिकाँश शाह शाह परिवार र राणा परिवारसंग कम्पनीमा हद बन्दी छल्न ‘भूमि सम्वन्धी ऐन २०२१’मा टेकेर राखिएका हजाराैं विघा जमिन राष्ट्रियकरण गर्न सक्छ?
• निश्कर्ष नं.५
-पाकवृन्द यथार्थमा कुरा के हाे भने ‘शेरा दरवार माओवादी र प्रचण्डलाई खुईल्याउन, ओली सरकारकाे ‘कु’शासनलाई ढाकछाेप गर्न र जनताकाे ध्यान अन्तै तिर लैजान पूर्वाग्रहि मानसिकताले दलाल पुँजीवादका खेताला केही राजनीतिक दल र ठुला भनिएका केही मिडियाले ज्याला पचाउन मच्चाएकाे ‘स्यालहुइया’ वाहेक अरु हाेईन/हुनै सक्तैन। हामी ओलीवादी ‘कु’शासनका विरुद्व, सुशासनका पक्षमा उभिदै ‘सामाजिक न्याय सहितकाे “समृद्व नेपाल” निर्माण अभियान’मा लामवद्व वनाैं। अस्तु। साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । २२ पुष २०८१, सोमबार ०८:५९ बजे