आत्मकेन्द्रित व्यक्तिवाद

आजाद खड्का
१. विषय प्रवेश
नेपाली समाज २४० वर्षको शाह (१०४ वर्ष जहाँनिय राणा शासन) वंशिय पिंजडा मुक्त गर्न लामो समय ७० वर्ष वढिको शान्तपूर्ण जनसंघर्ष र १० वर्षिय माओवादी जनयुद्वको संयोजन गर्दै नेतृत्वपंक्तिले सामन्तवादी युगवाट पुँजीवादी युगमा प्रवेश गराउन सफल भएको छ।

२०६२/०६३ को दोस्रो जनआन्दोलन (२०६२ चैत्र २६ गते देखि २०६३ वैशाख ११ गते सम्म चलेका) त्यहि शान्तिपूर्ण र सशस्त्र माओवादी जनयुद्वको संयोजनको परिणाम थियो। यसरी संघर्ष गर्ने क्रममा हजारौ जनताका छोराछोरी सहिद, वेपत्ता, घाईते एवं अंगभंग भएका छन्। हामीले सामन्तवादको राजनीतिक सत्ता पछार्न सफल भए पनि सामाजिक, आर्थिक, साँस्कृतिक सत्ता पछार्न अझै बाँकि छ। हिजोको सामन्तवाद आज दलाल पुँजीवादकोरुपमा सत्तशिन छ। आर्थिक, सामाजिक साँस्कृतिकरुपमा दलाल पुँजीवादलाई पराजित नगरी जनताको जनवादी सत्ता स्थापना हुदैन। यसको अर्थ समाजवादी क्रान्तिको आधार तयार हुदैन। त्यसका लागि उत्पादनमा लगानी गरेर त्यसवाट आम्दानी गर्दै राष्ट्रिय पुँजीको विकास गरि सामाजिक न्याय सहितको समृद्व राष्ट्र निर्माण गर्नुछ।

नेपाली समाजलाई चरम विकास गराई स्मार्ट समाजमा परिणत गर्नुपर्ने आजको अनिवार्य आवश्यकता हो। समाजलाई अघि वढाउन सैद्वान्तिक स्पष्टता हुन जरुरी छ। हाम्रो समाजमा सुशासन लागु गर्नु अनिवार्य सर्त वनेको छ। यो अनिवार्य सर्त पूरा गर्न हाम्रो समाजमा आत्मा केन्द्रित व्यक्तिवाद वाधक वनेर उभिएको छ। यस वाधक तत्व आत्माकेन्द्रित व्यक्तिवाद भनेको के हो? यसको स्रोत के हो? यसको गन्तव्य काहाँ हो? यसका लक्षण र विशेषताहरु के के छन? विचारका क्षेत्रमा, संगठनका क्षेत्रमा, आर्थिक, साँस्कृतिक क्षेत्रमा आत्मकेन्द्रित व्यक्तिवाद कुनरुपमा देखिन्छ? यी र यस्ता विषयहरुमा तपशिल वमोजिम प्रष्ट हुन जरुरी छ।

(क) स्रोतहरुः
१.आत्मकेन्द्रित कुपमण्डूकता (सङ्कीर्णता):
– सीमित सोच र आफ्नो सानो संसारमा मात्र केन्द्रित हुनु। अरूको अनुभव र ज्ञानलाई स्वीकार नगरी आफ्नै सानो घेराभित्र सीमित रहनु।
२.अनुभवको दम्भताः
– आफ्नो अनुभवलाई अत्यधिक महत्त्व दिनु र अरूको अनुभवलाई वेवास्ता गर्नु। आफूले भोगेको र देखेको नै सत्य हो भन्ने ठान्नु।
३.श्रेणी मानसिकताः
– समाजमा विभिन्न वर्ग वा श्रेणीका आधारमा विभाजन गर्नु। आफूलाई उच्च वर्गको ठान्दै अरूलाई तल्लो श्रेणीको मान्नु र तिनीहरूलाई हेप्नु।
४.क्षमताको भ्रमपूर्ण घमण्डः
– आफ्नो क्षमताबारे भ्रम पालेर घमण्ड गर्नु। वास्तविकता भन्दा बढीको दावी गर्नु र आफ्नो कमजोरीलाई स्वीकार नगर्नु।
५.क्षेत्रीयताः
– आफ्नो क्षेत्र वा समुदायलाई विशेष महत्त्व दिनु र अन्य क्षेत्र वा समुदायलाई कमतर ठान्नु। क्षेत्रीय भेदभाव र पक्षपोषण गर्नु।
६.जातीय श्रेष्ठताः
– आफ्नो जातलाई अरू जातभन्दा श्रेष्ठ ठान्नु। जातीय विभेद र भेदभाव गर्नु।
७.विशिष्ट गुणः
– आफ्ना विशेषताहरुलाई अत्यधिक महत्त्व दिनु र अरूको विशेषता वा क्षमतालाई वेवास्ता गर्नु। आफैंलाई विशेष मान्दै अरूलाई कमतर ठान्नु।


यी सबै स्रोतहरुले आत्मकेन्द्रित व्यक्तिवादको विकासमा भूमिका खेल्छन्, जसले समाज र संगठनमा विभाजन, असन्तुष्टि, र विग्रह ल्याउँछ। यसकारण, यी स्रोतहरूको पहिचान र तिनको सामना गर्न सैद्धान्तिक स्पष्टता आवश्यक छ।
(ख) आत्मकेन्द्रीत व्यक्तिवादको सम्बन्धः
१.मन मिल्नेसँगः
– आत्मकेन्द्रीत व्यक्तिहरू प्रायः आफ्नै सोच र मान्यतासँग मिल्दोजुल्दो विचारधाराका व्यक्तिहरूसँग मात्र सम्बन्ध राख्छन्। उनीहरूलाई चुनौती दिने वा फरक विचार राख्ने व्यक्तिहरूसँग दूरी बनाएर राख्छन्।
२.असन्तुष्टसँगः
– आत्मकेन्द्रीत व्यक्तिहरू असन्तुष्टि जनाउने व्यक्तिहरूसँग नजिक रहन्छन्। आफ्ना असन्तुष्टि र गुनासाहरूको पुष्टि गर्न र अन्यायको अनुभवलाई साझा गर्न यस्ता व्यक्तिहरूसँग सम्बन्ध राख्छन्।
३.छाडापन अंगाल्नेहरूसँगः
– अनुशासन र जिम्मेवारीलाई वेवास्ता गर्ने, छाडापन र अनियमितता अपनाउनेहरूसँग आत्मकेन्द्रीत व्यक्तिहरूको सम्बन्ध हुन्छ। उनीहरू आफ्ना कार्यहरूमा कुनै प्रतिबद्धता देखाउँदैनन् र सहज जीवनशैलीलाई प्राथमिकता दिन्छन्।
४.नेतृत्व विरोधी जमातसँगः
– नेतृत्वको आलोचना गर्ने, विद्रोह गर्ने र संस्थागत अनुशासनको विरोध गर्ने व्यक्तिहरूसँग आत्मकेन्द्रीत व्यक्तिहरूको निकटता रहन्छ। उनीहरू नेतृत्वको विरोधमा सक्रिय रहन्छन् र विरोधी गतिविधिहरूमा संलग्न हुन्छन्।
५.क्रान्तिकारी भावनाबाट विचलित तत्वसँगः
– क्रान्तिकारी विचारधाराबाट विचलित भएका, परिवर्तनको प्रक्रियामा अविश्वास गर्ने र निराशावादी दृष्टिकोण राख्ने तत्वहरूसँग आत्मकेन्द्रीत व्यक्तिहरूको सम्बन्ध हुन्छ। उनीहरू क्रान्तिकारी भावनाको अवमूल्यन गर्छन् र सधैं नकारात्मक पक्ष मात्र देख्छन्।

यी सम्बन्धहरूले आत्मकेन्द्रित व्यक्तिवादलाई प्रोत्साहित गर्छन् र समाज तथा संगठनमा विभाजन, असहमति, र अस्थिरता निम्त्याउँछन्। आत्मकेन्द्रित व्यक्तिवादको यस सम्बन्धलाई चिर्न सामूहिक सोच, सकारात्मक दृष्टिकोण, र सुदृढ नेतृत्व आवश्यक छ।
(ग) आत्मकेन्द्रीत व्यक्तिवादको गन्तव्यः
१.अराजकताः अनुशासनहीनता र अराजकता।
२.पलायनता : जिम्मेवारीबाट भाग्ने प्रवृत्ति।
३.विसर्जनः आफ्नो सिद्धान्त र आदर्श त्याग्नु।
४.आत्मसमर्पणः अन्य शक्तिहरूसँग आत्मसमर्पण गर्नु।
(घ) आत्मकेन्द्रीत व्यक्तिवादका विशेषता वा लक्षणहरूः
१. विचारको क्षेत्रमा आत्मकेन्द्रीत व्यक्तिवादः
–आफुलाई अति महत्त्व दिनुः आफू विना पृथ्वी नै घुम्न छाड्छ भन्ने सोच राख्नु।
–अरुलाई अज्ञानी र मूर्ख ठान्नुः आफुलाई मात्र सर्वज्ञाता ठान्नु।
–केवल आफ्नै सुख–सुविधा मात्र सोच्नुः अरुको दुःखकष्ट प्रति वेवास्ता गर्नु।
–अवसरवादी प्रशंसामा रमाउनुः क्रान्तिकारी सुझाव र आलोचना सहन नसक्नु।
–आफुलाई विशिष्ट प्रतिभाको ठान्नुः आदर्श र स्वतन्त्रताको वकालत गर्दै वैज्ञानिक आवश्यकता सहितको स्वतन्त्रताको इन्कार गर्नु।
–मुनाफावादी सोच राख्नुः म क्रान्तिमा भागलिए बापत यो या यो कुरा हुनै पर्छ भन्ने सोच राख्नु।
–जनवादका नाममा अराजकता फैलाउनुः केन्द्रीयताका नाममा नौकरशाही तन्त्रको पक्षपोषण गर्नु।
–विचारधारात्मक कामलाई प्राथमिकता नदिनुः विचारधारात्मक कामलाई शीर्ष स्थानमा राख्न नमान्नु।
–समायोजन संगठनका विचारलाई इन्कार गर्नुः जुनसुकै समाजमा पनि एकतावद्व र समायोजन संगठन हुने विचारलाई इन्कार गर्नु।
–वैज्ञानिक सत्यलाई वेवास्ता गर्नुः भावनात्मक पक्षमा बढी जोड दिनु।
–व्यक्तिगत उन्नतिको लागि मात्र अध्ययन गर्नुः पार्टी, क्रान्ति, उन्नति र हितको लागि भन्दा व्यक्तिगत उन्नतिको लागि मात्र सोच्नु।
–सान–सौकत मुखी विचार राख्नुः आफ्ना विचार पेल्नु, अरूका विचार निषेध गर्नु।
–आफ्ना पद र प्रतिष्ठाको चिन्ता गर्नुः आफ्ना आलोचना नआओस् भनेर कामना गर्नु।
–अन्तरसंघर्षमा भाग लिन डराउनुः महिला तथा अन्य वर्ग समुदायको क्षमता र भूमिकाप्रति अविश्वास गर्नु।
२. संगठनमा आत्मकेन्द्रीत व्यक्तिवादः
–बदला लिने मनोवृत्तिः सानो डफ्फा मनोवृत्ति।
–यस र आरामको लालसाः व्यक्तिगत पद र प्रतिष्ठाको लागि संघर्ष।
–व्यक्तिगत उद्देश्य पूर्तिका लागि लबिङ गर्नुः गुटबन्दी गर्नु।
–माथिका चाकडी र तलका कर्मचारीलाई हेप्नुः संगठनमा पक्ष र विपक्षको आचरण गर्नु।
–नेतृत्वको विरोध र असहयोग गर्नुः संगठनका मूल्य र मान्यता तोड्नु।
–संगठन विरोधी विचार फैलाउनुः छलफलमा स्वतन्त्रता, काम कारवाहीमा एकरूपता संगठनात्मक सिद्धान्तको उल्लंघन गर्नु।
–स्थानियता, क्षेत्रीयता, नातागोताका गुड गर्नुः सामूहिक र केन्द्रीकृत संगठनात्मक कमिटि प्रणालीको विरुद्ध एकलकाटे विखण्डित र विकेन्द्रीत अपवित्र साँठगाँठको बानी बसाल्नु।
–नयाँ जिम्मेवारीमा आउने सहयोधालाई असहयोग गर्नुः पिठ्यु पछाडि कुरा काट्ने, खुट्टा तान्ने, घोचपेच आदि क्रियाकलापद्वारा असहयोग गर्ने।
–कमाण्डरको अवमुल्यन गर्नुः महिलाहरूको भूमिका, क्षमता अनुसार समेट्न नचाहनु।
–संगठनका निर्णय पछि निरुत्साहित हुनुः अरुको आलोचना गर्न रमाउनु, आफ्ना आलोचना हुँदा आत्मसम्मानमा चोट पुगेको अनुभूति गर्नु।
–विभागीय आवश्यकताको मर्म नबुझ्नुः विभागमा जाने निर्णयको उल्लंघन गर्नु।
–फर्मेशनमा अन्तरघुलन नहुनुः हुन नचाहनु, भित्री अन्तरसंघर्ष पचाउन नसक्नु।
३. आर्थिक तथा सांस्कृतिक क्षेत्रमा आत्मकेन्द्रीत व्यक्तिवादः
–निर्धारित खर्चभन्दा बढी खर्चको माग गर्नुः फजुल खर्च नपाउँदा असन्तुष्ट हुनु।
–राम्रो प्रविधि, हतियार र सञ्चार साधन आफूसँग राख्नुः आफ्नो हितका लागि धम्की र वार्गेनिङको संस्कार विकास गर्नु।
–नेतृत्वको चाकडी गर्ने बानी बसाल्नुः जनतामा रवाफ र हैकमको बुर्जुवा शैली अनुसरण गर्नु।
–विचार र व्यवहारमा उल्टो आचरण प्रदर्शन गर्नुः संगठनलाई व्यक्तिगत स्वार्थपूर्तिको थलो बनाउने संस्कार विकास गर्नु।
–नीति, निर्देशन र नेतृत्वलाई विषवमन गर्ने आदत विकास गर्नुः सरल जीवन र कठोर परिश्रमको सर्वहारा जीवनशैली वेवास्ता गर्नु।
–घोचपेच गर्ने, कुरा काट्ने संस्कार बसाल्नुः पदको आचरण स्थापित गर्नु।
–व्यक्तिगत स्वार्थका लागि दायाँ बायाँ दबाव सिर्जना गर्नुः संगठनको निर्णयलाई औपचारिकतामा राख्नु।
–सहयोधालाई दुरुत्साहित गर्नुः जनताबाट सिक्ने संस्कारलाई तिलाञ्जली दिनु।
–सर्वहारा विचार र आदर्श अनुसार भौतिक रूपमा सर्वहाराकृत हुन नचाहनुः गुट अनुशासन र गुटगत रमाउनु।
–संगठनमा श्रेणी मानसिकता अनुसार दबाव दिने प्रवृत्ति बसाल्नुः संगठनको नयाँ निर्णय पश्चात उत्साहित हुनु भन्दा निरुत्साहित हुनु।
यी सबै विशेषता र लक्षणहरूले आत्मकेन्द्रित व्यक्तिवादको वास्तविकता स्पष्ट पार्छ। यसले संगठन, समाज र व्यक्तिगत जीवनमा नकारात्मक प्रभाव पार्छ र समग्र प्रगतिको बाधक बन्छ। यसको निवारणका लागि समग्र सैद्धान्तिक स्पष्टता, सामूहिकता, र सकारात्मक सोचको विकास आवश्यक छ। साभारः अग्रिम साप्ताहिक

पत्रिकाको पुरा पृष्ठ हेर्नुहोस्ः