दुर्घटनाका घाइतेलाई माओवादी केन्द्र तुलसीपुर १८ को सहयोग

तुलसीपुर, १७ पुस । नेकपा(माओवादी केन्द्र) तुलसीपुर १८ ले दुर्घटनाका घाइते सोही वडाका मैते दमाइलाई आर्थिक सहयोग गरेको छ ।

लमही टोल निवासी दमाईलाई सात हजार चारसय ३० रुपैँया सहयोग गरिएको हो । पार्टीका नेता तथा कार्यकर्ता एवं सुभचिन्तकबाट संकलन गरि उक्त रकम हस्तान्तरण गरिएको हो ।

वडा इन्चार्ज कमल चौधरी, पार्टीका वडाध्यक्ष डिल्ली ददेललगायतको सहभागितामा बुधबार उनकी छोरी यसोदा दमाइलाई हस्तान्तरण गरिएको हो । हरेक अफ्ट्यारो परिस्थितिमा पार्टीले सहयोग गर्ने भन्दै यस्ता सहयोग आबश्यक रहेको इन्चार्ज चौधरीले बताए ।


उनको आर्थिक अबस्था कमजोर हुँदा उपचारमा सहयोग पुगोस्, भनेर आर्थिक संकलन गरिएको हो । आगामी दिनमा पनि हरेक दुःख, सुखमा साथमा रहने समेत बताए ।

दमाईलाई ४ पुसमा सवारीले ठक्कर दिदा घाइते भएका थिए । ठिक्कर दिने सवारीको अझै पहिचान हुन सकेको छैन ।