गोल्टाकुरीमा जारी श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको तेस्रो दिन दानबिरको संख्यामा वृद्धि हुदै 

प्रमोद आचार्य,
गोल्टाकुरी, १७ फागुन ।
दंगीशरण गाँउपालिकाको गोल्टाकुरीमा आईतवार देखी श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको मंगलबार तेस्रो दिन भक्तजनको उल्लेखनीय सहभागीता रह्यो । पञ्चायण मन्दिर तथा धार्मिक पर्यटकिय स्थल निर्माण सहयोगार्थ आईतवारदेखी संचालनमा आएको सप्ताह ज्ञान महायज्ञको मंगलबार तेस्रो दिन सम्म आइपुग्दा भक्तजनको संख्यामा वृद्धि हुनुका साथै दानबिरको संख्यामा पनि वृद्धि भएको छ ।

मंगलबार दंगीशरण गाउँपालिका अध्यक्ष सम्भु गिरी र उनकि धर्मपत्नी मधु सिंह गिरीको सहभागीता रहेको थियो । मंगलबार तेस्रो दिन सम्म आइपुग्दा १ लाख ५७ हजार दान संकलन भएको महायज्ञ मुल समारोह समितीका सदस्य अर्जुन केसीले जानकारी दिनुभयो ।


दंगीशरण गाँउपालिका वडा नं १ र २ को गोल्टाकुरीको शिबमन्दिर डाँडाँमा फागुन २१ गते सम्म सञ्चालन हुने श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको आईतवार भब्य कार्यक्रमको आयोजना गरि शुभारम्भ गरिएको थियो ।

महायज्ञको नेपालका सुप्रसिद्ध भागवाताचार्य गुरुदेव पं कोमल उपाध्याय बाट कथाबाचन हुने श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा दैनिक रुपमा संगितमय कथा प्रवचनका साथै झाकि पनि प्रदर्सन गर्ने गरीएको छ।