चुल्हो चौकोमा दिन बिताउने शान्तिनगरका दिदिबहिनीहरु समाज परिवर्तनमा अग्रसर

रामप्रसाद सुवेदी 
शान्तिनगर, १६ मंसिर ।
दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ५ कासिपुरका महिलाहरुले आईएम स्वुईस सरकारको सहयोगमा सिड संस्था दाङद्वारा सञ्चालित बाल बिवाह तथा लैङ्गिक हिंसा अन्त्य अभियानको परियोजनाले आफुहरुको जिवनस्तरमा निकै परिवर्तन आएको बताएका छन् । बिगतमा चुलो चौकिमा दैनिकि बिताउने महिलाहरु परियोजनामा आबद्ध भएपछि सामाजिक,राजनीतिक,आर्थिक तथा स्थानिय विकास निर्माणका कार्यहरुमा समेत सहभागी बन्न थालेको स्थानिय बालिका बस्नेतले बताउनुभयो ।

परियोजनमा आबद्ध भएपछि समुदाय स्तरमा हुने बाल बिवाहका घटना न्युनिकरणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्न सफल भएको कासिपुरकै विद्यार्थी मनिसा वलीको अनुभव छ। आफु विद्यालयमा वालक्वमा आबद्ध भएर विद्यालय देखि समुदाय स्तरमा बाल बिवाह र लैङ्गिक हिंसा अन्त्यमा महत्त्वपूर्ण भुमिका खेल्दै वलिले यतिबेला प्लटु सम्मको अध्यन सम्पन्न गरेको बताउनुभयो उहाँले यस्ता कार्यक्रमहरु संघसंस्था देखि स्थानिय सरकारले पनि समुदाय केन्दित सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।

सिड संस्थाले सञ्चालन गरेको परियोजनाले शान्तिनगर ५ मा ४ वटा समुह बनाएर बिगत २ बर्षदेखि कार्यक्रम सञ्चालन गरिरहेको छ। परियोजनाले सञ्चालन गरेको घुम्ती कोष अन्तरगत केहि रकम थप गरेर भैसि पाल्न सुरु गरेका स्थानिय केशव खड्काले यतिबेला भैसि फर्म सञ्चालन गरिरहेका छन् । त्यतिमात्र हैन परियोजनाले सञ्चालन गरेको घुम्ती कोषबाट ३ वटा बाख्रा पाल्न थालेकि स्थानिय जयकृष्णी चौधरीले यतिबेला साना ठुला १२ वटा बाख्रा पालन गरिरहनुभएको छ। केहि महिलाहरुले घुम्ती कोषकै रकमले किराना पसल पनि सञ्चालन गरिरहनुभएको छ।


परियोजना बारे प्रकाश पार्दै सिड संस्था दाङका कार्यक्रम संयोजक उमेश खरेलले आफुहरुले परियोजना मार्फत ३ वटा उदेश्य बोकेर अगाडि बढेको बताउनुभयो । सामाजिक कुसंस्कार बाल बिवाह र हिंसाका विषयमा महिला दिदिबहिनीहरुलाई सचेत गराउने, सामाजिक कार्यमा महिला बर्गको नेतृत्व स्थापित गराउने, र स्थानिय सरकार संग सम्बन्ध सुमधुर बनाउने उदेश्य अनुरुप अगाडि बढिरहेको उहाँको भनाई छ।

सिड संस्था दाङद्वारा सञ्चालित बाल बिवाह तथा लैङ्गिक हिंसा अभियानको समुदाय स्तरमा सञ्चालन भएका गतिविधिहरुको प्रभावकारिताका विषयमा छलफल र परियोजनाको घुम्ति कोषबाट ब्यवसायमा जोडिएका कृषकहरुको ब्यवसायिक प्रगतिका बिषयमा अनुगमन गरिएको कार्यक्रममा बोल्दै शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले पछिल्लो समय बाल बिवाहका घटना न्युनिकरण हुदै गएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बस्नेतले समाजसुधारका क्षेत्रमा सिड संस्थाको सकृयतामा महिला दिदिबहिनीको भुमिका अत्यन्तै सकारात्मक रहेको आफुले पाएको बताउदै यसलाई निरन्तरता दिन र स्थानिय सरकार सदैव महिला दिदिबहिनीहरुकै साथमा रहेको धारणा राख्नुभयो । कार्यक्रमकि बिशिस्ट अतिथि शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष प्रेमा बुढाथोकीले समुदाय स्तरमा विभिन्न साझेदार संघसंस्थाले गर्ने कार्यक्रम पनि स्थानिय सरकारकै भएको बताउनुभयो ।

परियोजना अन्तरगतको हरियाली कृषक समुहका अध्यक्ष कल्पना वलीको अध्यक्षतामा भएको कार्यक्रममा शान्तिनगर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लेखा भण्डारी, प्रशासन शाखा प्रमुख कृष्ण कडेल सिड संस्था दाङका अध्यक्ष राममति चौधरी वडा नम्बर ५ का वडाध्यक्ष ओपेन्द्र बहादुर रावत, ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक अजयजंग थापा आदर्श विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष चक्र बहादुर वली लगायतकाले बोल्नुभएको थियो ।