
तुलसीपुर, १४ पुस ।
एन प्याव्सन बृहत खेलकुद प्रतियोगिता २०८१ मा डिभाइन टेम्पल एकेडेमी तुलसीपुरले मार्च पास र नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ भने एथलेटिक्स तर्फ द्वितीय र तृतीय स्थान प्राप्त गरेको छ ।
यही पुस ९ गतेदेखि १२ गतेसम्म अरनिको मैदान र बेलझुन्डी रंगशालामा सञ्चालित प्रतियोगिता अन्तर्गत पहिलो दिन भएको मार्च पासमा जिल्लाका ४० ओटा विद्यालयलाई पछि पार्दै एकेडेमीका विद्यार्थीहरु प्रथम भएका हुन् । त्यसैगरी सांस्कृतिक नृत्य प्रतियोगितामा जिल्लाका २२ बढी विद्यालय सहभागी भएका थिए । जसमध्य डिभाईन टेम्पल एकेडेमीले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
त्यसैगरी एथलेटिक्स तर्फका खेलहरुमा २ जना विद्यार्थी द्वितीय र १ जना तृतीय हुन सफल भएको एन प्याब्सन दाङका अध्यक्ष समेत रहेका डिभाईन टेम्पल एकेडेमीका संस्थापक भोजराज न्यौपानेले जानकारी दिनुभयो । विद्यालयमा विद्यार्थीहरुलाई किताबी ज्ञान सँगै खेलकुद, नृत्य, गायन लगायत विभिन्न अतिरिक्त क्रीयाकलापहरुमा सहभागी बनाउँदै आएको उहाँले बताउनुभयो । जसका कारण विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट हुने गरेको बताउनुभयो ।
एन प्याब्सन दाङको आयोजनामा सञ्चालन भएको जिल्ला स्तरीय बृहत खेलकुद प्रतियोगितामा विद्यार्थीहरुले सहभागिता जनाएका हुन् । उत्कृष्ट हुनेहरूलाई मेडल ट्रफी तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।



लाइभदाङ । १४ पुष २०८१, आईतवार ०८:५० बजे