सबै मिलेर अभियान सफल पारौं: नगर प्रमुख चौधरी

दाङ, ६ फागुन ।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले एउटा पालिकाबाट मात्र निर्मुल पारेर दादुरा–रुबेला खोप अभियानले पूर्णता नपाउने बताए ।

“यो अभियानलाई प्रभावकारी बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट लागौं, हरेक बस्ती,टोलमा पुगेर यो रोगको बारेमा सबैलाई बुझाउने काम गरौं यो काममा सबै मिलिएर हातेमालो गरौं” नगर प्रमुख चौधरीले भने।


लमही नगरपालिका स्वास्थ्य शाखाले दादुरा–रुबेला खोप अभियान स्थानीयतह स्तरीय समन्वय समिती तथा सरोकारवालाहरुबिच अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । पालिका स्तरीय खोप समितिका संयोजक तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

सरकारले यो रोग निवारण नभएको भन्दै यहि फाल्गुन १३ गतेदेखि दादुरारुबेला खोप अभियान शुरु गर्न लागेको छ । अभियानमा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई यो खोप लगाइने छ ।