दाङ ३(१): काँग्रेसका डिल्ली चौधरी विजयी

तुलसीपुर,८ मंसिर । दाङ क्षेत्र नं.३ को प्रदेशसभा १ मा गठबन्धनबाट काँग्रेसका डिल्ली चौधरीले विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी एमालेका घनश्याम पाण्डेलाई ५ हजार ४ सय मतान्तरले पछि पार्दै विजयी भएका हुन् । चौधरीले १९ हजार ८सय ५० मत ल्याएका छन्, भने तुलसीपुरका निवर्तमान मेयर समेत रहेका एमालेका केन्द्रीय सदस्य पाण्डेले १४ हजार ४ सय ५० मत ल्याएका छन् ।

चौधरी प्रदेशका बहालवाला पर्यटन,ग्रामिण तथा सहरी विकास मन्त्री हुन् । उनी यो संगै तेस्रो पटक संसदमा छिर्दैछन् । २०७० सालको संविधानसभाको निर्वाचनमा उनी समानुपातिक सांसद भएका थिए ।


त्यतिबेला उनी श्रम रोजगार राज्यमन्त्री समेत भएका थिए । २०७४ सालमा उनी काँग्रेसका साविक राप्तीबाट प्रदेशसभामा जित्ने एक मात्रै नेता थिए ।