कचिला र कचिली बि अध्यक्ष कप फुटबलको फाईनलमा भिड्ने

लक्ष्मण बस्नेत
दाङ २८ मंसिर ।
कचिला र कचिलि तुलसीपुरको हरिपौरामा जारी तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७८को फाईनलमा भिड्ने भएका छन् ।
डबरा टोल बिकास संस्था तुलसीपुर १२ हरिपौराको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा न १२ को आर्थिक सहयोगमा पशुपती माबि हरिपौरा खेलमैदानमा संचालित प्रतियोगिताको मंगलवार सम्पन्न सेमिफाइनल खेलमा क्वाङी बि लाई शुन्यका बिरुद्ध २ गोल अन्तरले पराजित गर्दै कचिली बि ले फाईनल यात्रा तय गरेको हो । त्यस्तै टरिगाउ संग आफ्नो सेमिफाइनल खेलमा वाक ओभर पाएको कचिलाले फाईनलमा कचिलि संगको भिड्न्त पक्का गरेको हो । फाईनल खेल बुधबार दिउँसो १ बजे हुने आयोजक टोल बिकास संस्थाका सचिव खगेन्द्र अधिकारी ले जानकारी दिनु भएको छ ।
स्थानीय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि संगै खेलाडीको पहिचान गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा वडा भित्र स्थापित १० टिम को सहभागिता रहेको थियो ।
प्रतियोगिताको बिजेता,उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५०,३५ र २५ हजार तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछन । त्यस्तै ब्यक्तिगत बिधा तर्फ बेस्ट प्लेयर र बेस्ट किप्परको उपाधी हात पार्ने खेलाडी लाई जनही २५ सय नगद तथा ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा, खुम बहादुर ओलि र सुरेश मगर रहनु भएको छ । यसैबिच आयोजकले भोलि बुधबार हुने फाईनल खेल र प्रतियोगिताको समापन समारोहमा उपस्थिका लागि खेलप्रेमी,खेलाडी, राजनितिकदल,बुद्धिजिवि, पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ ।