शान्तिनगर १ मा वडास्तरीय खेलकूद प्रतियोगिता सुरु

तुलसीपुर
१३ असोज / दाङ शान्तिनगर गाँउपालिका १ नं.वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । वडा अध्यक्ष जंग वहादुर पुन मगरको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको प्रमुख आतिथ्यता एवं हिरा वहादुर वली,गोपीलाल वली,तुल वहादुर नेपाली,धन वहादुर वली,देव वहादुर वली,कुल वहादुर डाँगी,शेरवहादुर के सी,भmग्गु वहादुर के सी,टिका वली लगाएतको आतिथ्यतामा कार्यक्रम भएको हो ।


कार्यक्रममा भलीवल र फुटवल खेलहरु सञ्चालन भइरहेका छन् । फुटवल तर्फ पहिलो,दोश्रो र तेश्रोलाई क्रमश ३२०००,२४००० र १६००० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

भलिवल तर्फ २००००,१५००० र ७००० नगद पुरस्कारको व्यवस्था गरिएको छ । कार्यक्रमको सहजीकरण खेल व्यवस्थापक पृथ्वी पौडेलले गरेका थिए । खेल १४गतेदेखि सञ्चालन हुनेछ । दुवै खेलहरु लिग चरणमा खेलाईएको छ।