नेपाललाई कांस्य पदक दिलाउने पलेशाले ६५ लाख पुरस्कार पाउने

काठमाडौं, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई सरकारले पुरस्कार राशीको कर कट्टा नगर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नकटाइ ६५ लाख रुपैयाँ दिने बताउनुभएको हो ।


पेरिस पारालिम्पिक्स २०२४ अन्तर्गत यही भदौ १४ गते शुक्रवार सम्पन्न के–४४ अन्तर्गत महिला ५७ केजी तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई पराजित गर्दै कांस्य जितेकी थिइन् । उहाँ पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । काठमाण्डौ महानगरले पनि उहाँलाई ५ लाख रुपैयाँसहित सम्मान गरेको छ ।