
तुलसीपुर, ९ पुस ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ लामिडाँडा निवासी ज्ञान बहादुर विकको घरमा विगतमा भित्रै पानी पस्थ्यो । बर्षादको समयमा घरमै पानी पस्दा आजित बनेका उनको अब भने त्यो समस्या हटेको छ ।
अहिले त्यहाँ नहर बनेपछि अब सडक समेत कालोपत्रे हुने उनको अपेक्षा छ । “वर्षामा घर भित्रै पानी आउथ्यो, पटक–पटक वडालाई भनेँ”,उनले भने “अहिले बल्ल सुनुवाई भयो, अब घर भित्रै पानी पस्ने अवस्था आउने छैन ।” वडाको ३ लाख बजेटमा कचेलीदेखि लामिडाँडासम्म ३३५ मिटर नहर निर्माण भएको हो । सोही ठाउँमा सडक कालोपत्रकालागि १० लाख बजेट समेत विनियोजन गरेपछि सडक कालोपत्रे हुने अपेक्षाा लिईएको छ ।
त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ क्वाङी विगतको बर्षादमा डुवानमा पथ्र्यो । त्यो डुवान कुनै खोला वा नदी पसेर थिएन्, गाउँको पानी निकास नहुँदा यसरी डुवान पथ्र्यो । तर, अब त्यो समस्या हटेको छ । गाउँमा जम्ने पानी ‘पनफकुवा’ नहर निर्माण भएपछि त्यो समस्या हटेको स्थानीय नीमा चौधरीले बताईन् । “पहिले बर्षा भयो की डुवानमा पथ्र्यो”,उनले भनिन् “अब निकासकालागि पनफकुवा कुलो निर्माण भइसकेकाले त्यो समस्या हटेको छ ।”
तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ ले चालु वर्षमा ३ लाख बजेट विनियोजन गरेपछि त्यही बजेले पनफकुवा कुलो निर्माण गरिएको हो । हाल ७५ मिटर उक्त कुलो निर्माण गरिएको छ । सानो बजेटले ठूलो उपलब्धी गर्ने योजना अनुसार सोही ठाउँमा गाउ नै डुवान हुने समस्यालाई मध्यनजर गरि यो कार्य गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताए । “जनताका समस्या धेरै ठूला पनि हुँदैनन्, स–साना समस्या हल ग¥यौं भनेपनि त्यसले राम्रो प्रभाब पार्छ”,उनले भने “तीन लाख बजेटले मात्रै पनि हामीले स्थानीयलाई खुसी दिन सकेका छौं ।” गाउँ नै डुवानमा पर्ने समस्या लिएर आएपछि आफूले सोही ठाउँमा बजेट विनियोजन गरेको चौधरीको भनाई छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । ९ पुष २०८१, मंगलवार २०:३६ बजे