दाङ २ (क) बाट प्रदेश सभामा माओवादीले गर्यो पाँच जनाको नाम सिफारिस

घोराही, २८ भदौ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले दाङ निर्वाचन क्षेत्र नं २ (क) बाट प्रत्यक्षतर्फ प्रदेशसभामा पाँच जनाको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्र निर्वाच क्षेत्र नं २ (क) समन्वय समितिको आज घोराहीमा बसेको बैठकले पार्टी जिल्ला इञ्चार्ज निर्मल आचार्य सहित भक्तबहादुर वली, मने विक, ऋषि वेल्वासे र प्रेमा गैरेको नाम सिफारिस गरेको हो ।


समन्वय समितिका संयोजक फणीन्द्रराज केसीको अध्यक्षता एवम् पार्टीका केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ को प्रमुख आतिथ्यतामा बैठक बसेको थियो ।