
तुलसीपुर, ३२ असार ।
तुलसीपुरमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ श्रीगैँ निवासी विश्व रिजालका २ वर्षिय छोरा सौरबको बिहिबार दिउँसो कुलोमा डुबेर मृत्यु भएको हो ।
दिउँसो साढे ४ बजेतिर घर नजिकै खेल्ने क्रममा कुलोमा खसेका बालकको तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पतालमा लगेपछि निधन भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । ३२ असार २०८३, बिहीबार २१:२७ बजे