हिरा सुनार सारथी
प्रिय जनयुद्व
तिमि दलितहरुको हौं
तिमि महिलाहरुको हौं
तिमि आदिबासि,जनजाति
र
मधेसिहरुको हौं ।
तिमि त
मजदुरहरुको हौं
किसानहरुको हौं
तिमि त
सामन्ति राज्य सत्ता बिरुद्वको आवाज हौ,
मसाल हौ,बारुद हौ,बन्दुक हौं
दुर दराज र
कर्णालिको चम्किलो तारा हौं ।
तिमि
गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेसी
र समानुपातिक व्यवस्थाको नायक हौं ।
तिम्रो विरता र वलिदान
आज सिङ्गो नेपालभरि फुलि रहेको छ
तिम्रो उचाइ
झन पछि झन चुलि रहेको छ ।
ठालु हरुले
तिम्रो उचाइमा ईर्ष्यालु आँखा गाडेपनि
तिम्रो स्वाभिमानलाई प्रतिबन्ध गर्न खोजे पनि
तिम्रो स्वाभिमानको सगरमाथा झन अग्लिएको छ ।
तिमि महान छौं
युग-युग बाचिरहेने छौं
विर सहिद अमर रहुन
महान जनयुद्व जिन्दावाद !!
२०८१ पौष ७ तुलसिपुर दाङ
लाइभदाङ । ७ पुष २०८१, आईतवार २२:१३ बजे