अध्यात्मवाद र भौतिकवादबिच आधारभूत अन्तर

आजाद खड्का
“समाज वर्गमा विभाजित भएकोहुदा दर्शन पनि वर्गमा विभाजित छ र आदर्शवादी दर्शन वा सिद्धान्त बसी खाने वर्ग वा हामी माथि शासन र शोसन गर्ने वर्गको दर्शन हो । भौतिकवादी दर्शन गरी खाने मजदुर तथा श्रमजीवी वर्गको दर्शन हो । यसले सर्वहारा मजदुर, गरिब किसान वर्गको पक्षमा वकालत गर्दछ । यो शोसित पिडति वर्गको पक्षमा सदा उभिने दर्शन हो । यहि दर्शनका आधारमा हजारौ वर्ष देखि उत्पीडित वर्गले मालिक पूँजीपति वर्गका विरूद्व निरन्तर संघर्ष गर्दै आएको छ । आज सभ्य तथा आधुनिक समाज निर्माण भएता पनि अहिले पनि शोषणको जरो जीउका तीउ रहेको छ । सर्वहारावर्गले आफ्नो मुक्तिका खाँतिर वसीखाने मालिक तथा शोषक वर्गका विरूद्व निरन्तर संघर्ष चलाई रहेको छ ।”
अध्यात्मवाद र भौतिकवाद दुई विपरित दर्शन वा सिद्धान्त हुन् । यी दुई विपरित दर्शनले एउटै घटनालाई आ–आफ्नै तरिकाले हेर्ने, जाँच्ने, बुझ्ने र विश्लेषण गर्ने गर्दछन् । आदर्शवादी दर्शनलाई अध्यात्मवाद वा भाववादी दर्शन पनि भन्ने गरिन्छ । समाजमा आदीम साम्यवाद देखी वर्तमानसम्म यी दुई दर्शनका बिचमा निरन्तर भिडन्त भई रहन्छ । एकले अर्काेको खण्डन गरि रहन्छ ।
अझ अध्यात्मवाद र भौतिकवाद एक विश्वव्यापीरूपमा स्थापित दर्शन वा सिद्धान्त हुन् । आत्मा –चेतनालाई पहिलो बताउने र संसारलाई आदर्शको रूपमा बुझ्ने हुनाले यो दर्शनको नाम आदर्शवादी रहन गयो । वस्तुलाई पहिलो बताउने र जीवन र जगतलाई जान्न बुझ्न सकिन्छ भनेकाले अर्काे दर्शनको नाम भौतिकवाद रहन गयो । यी दुई दर्शनका आफ्नै मान्यता छन् । भौतिकवादको अर्थ वस्तुवादी भनेको पनि हो । वाद–सार्वभौम, विश्वव्यापी भनिएको हो ।
यी दर्शनको जन्म समाजको वर्गविभाजन संगै दुई वर्गका बिचमा भएको संघर्षबाट उत्पन्न एवं विकसित चेतना वा निर्माण भएको दृष्टिकोण हो । यो दृष्टिकोण एउटा निश्चित काल परिस्थिति वा भुगोलमा कैद नभई सदाका लागि विश्वव्यापी स्थापित भएको कारण वाद जोडिएको हो । यी दुई दर्शनका आफ्नै अनुयायीहरू छन् । आधारभुत गरिखाने श्रमजिवीवर्गले भौतिकवादी दर्शनलाई मान्दै वा ग्रहण गर्दै आएको छ भने शोसक बसी खाने, कजाई खाने पूँजीपतिवर्गले आदर्शवादी दर्शन मान्दै आएको छ । यी दुई दर्शन पनि समाजको वर्गिय विभाजन संगै विभाजित भएका छन् ।
जीवन र जगतलाई बुझ्न र बदल्न सक्ने भएकोले दर्शनको महत्व छ । दर्शनले समाजमा सक्रिय भुमिका निर्वाह गर्दछ र समाजलाई एकता उल्लेखनिय हद सम्म प्रभाव पार्ने हुनाले यसको महत्व छ । दर्शनले विश्व कस्तो छ र यसको चिन्तन र परिवर्तन कसरी गर्न सकिन्छ ? भन्ने प्रश्नको हल खोज्ने भएकोले यसको महत्व छ । यहि जीवन र जगतलाई बुझ्ने मामिलामा यी दुई दर्शनले आफ्नो मान्यता अघि सारेका छन् ।
यीनका आ–आफ्नै अनुयायीहरू रहेका छन् । हामीले यस अघि पनि चर्चा गरेका छौ कि आदर्शवाद, अध्यात्मवाद वा भाववादी दर्शनले जीवन र जगत कसले बनायो भन्ने तर्क गर्छ र यो कर्तावादी दर्शन हो र यसले जीवन र जगत कुनै अलौकि शक्तिले जन्माएको भन्ने तर्क दिदै एउटा काल्पनिक ईश्वरको हवाला दिन्छ र वास्तविकताबाट भाग्ने गर्दछ । यहि मामिलामा भौतिकवादी दर्शनले जीवन र जगत कसले बनायो नभनि कसरी बन्यो भन्ने तर्क दिन्छ । कारण खोज्छ र यो कारणतावादी दर्शन हो । यसले जीवन र जगत पञ्चतत्व (पृथ्वी, जल, वायु, तेज (प्रकाश) र आकाश) बाट बनेको निश्कर्ष निकाल्छ ।
यी दुई दर्शनको भिन्नता खासगरी यी मुख्य तिन प्रश्नबाट छुट्याउन सकिन्छ । यी तिन प्रश्नलाई हामीले दर्शनको मौलिक प्रश्न पनि भन्ने गर्दछौं । पहिलो प्रश्न– जीवन र जगत कसले बनायो वा कसरी बन्यो? दोस्रो प्रश्न–वस्तुले चेतना जन्मायो कि चेतनाले वस्तु ? अर्थात् ईश्वरले प्रकृति र मानिसको रचना गरेको हो कि प्रकृति र मानिसले काल्पनिक ईश्वरको रचना गरेको ? तेस्रो प्रश्न – यो संसारलाई जान्न बुझ्न सकिन्छ कि सकिदैन ? जीवन र जगतलाई कसले बनायो भनेर खोज्नु कर्ताको खोजी गर्नु हो र त्यसकारण यसलाई कर्तावादी दर्शन भनिएको हो । जीवन र जगत कसरी बन्यो भनेर खोज्नु कारणको खोजी गर्नु हो र त्यसकारण यसलाई कारणतावादी दर्शन भनिएको हो । यो मामिलामा आदर्शवादले कर्ताको खोजी गर्छ र काल्पनिक ईश्वरमा गएर टुंगिन्छ भने भौतिकवादी दर्शनले कारणहरूको खोजी गर्छ र यसलाई प्रकृतिको देन वा उपज मान्छ ।
१. आदर्शवाद र भौतिकवाद विच अन्तर
(क) आदर्शवादः आदर्शवादले १० चेतना पहिलो मान्दछ । २० यसले संसार जान्न र बुझ्न नसकिने निश्कर्ष निकाल्दछ । ३० यो दर्शनले संसार स्थिर रहेको र गतिशिल हुनलाई बाह्य शक्ति आवश्यक पर्ने जिकिर गर्दछ । ४० संसारका हरेक वस्तु अलग थलग छन् । यिनीहरू विखण्डित छन् भन्दछ । ५० संसारका हरेक वस्तु मानिसको दिमागबाट नियन्त्रण भएको र उसले जस्तो चाह्यो उस्तै बनाउन सक्ने निश्कर्ष निकाल्दछ । यसको ठिक विपरित भौतिकवाद हो ।
(ख) भौतिकवादः भौतिकवादले १० चेतना वा पदार्थ मध्य पदार्थ पहिलो र चेतनालाई दोस्रो प्राथामिकतामा राख्दछ । २० यसले संसारलाई जान्न र बुझ्न सकिन्छ भन्छ । ३० यसले संसार गतिशिल छ । आफै भित्रको आन्तरिक गतिको कारणले परिवर्तन भईरहन्छ भन्ने निश्कर्ष निकाल्दछ । ४० यसले संसारका हरेक वस्तु अन्तरविरोधी भएर पनि एक अर्कासंग अन्तर सम्बन्धित छन् भन्ने मान्दछ । ५० यसले संसारका हरेक वस्तु हाम्रो दिमागबाट स्वतन्त्र भएको मान्दछ ।
२. ज्ञान सिद्धान्तका क्षेत्रमा आदर्शवाद र भौतिकबाद
(क) आदर्शवादः आदर्शवादले वस्तु जगतलाई इन्कार गरी परम चेतनाबाट प्राप्त विशुद्ध विवेक वेद धर्मशास्त्र, ईश्वर उपदेश वा दिव्य पुरुषको बाणीलाई ज्ञान ठान्दछ र व्यवहारलाई तिलाञ्जली दिन्छ ।
(ख) भौतिकवादः भौतिकवादले मानिसका पाँच ज्ञानिन्द्रियले प्राप्त हुने वस्तुगत तथ्यमा आधारित ज्ञानलाई वास्तविक ज्ञान ठान्दछ । ज्ञानको सत्यता र असत्यता जाँच्ने कसी व्यवहारलाई बनाउँछ ।
३. संस्कार संस्कृतिको क्षेत्रमा आदर्शवाद र भौतिकवाद
(क) आदर्शवादः आदर्शवादले धर्म, कर्म, इश्वर, व्यक्तिपूजा यौनिक उछृङ्खलता, दब्बुपना, श्रमप्रति घृणा, शोसन, निष्कृयता, निराशा, पलायन, व्यक्तिगत स्वार्थ आदी मुल्य मान्यतालाई आफ्नो आधार बनाउछ ।
(ख) भौतिकवादः भौतिकवादले सामन्ती पूजीवादी नैतिक मूल्य मान्यताको विरोध गर्दै नैतिकतालाई परिवर्तनशिल वर्ग सापेक्ष मान्दछ । धर्तीलाई सम्पन्न बनाउँने श्रम र श्रमिकहरूको कदर गर्ने वर्गीय इमान्दारिता, सामुहिकता र अनुशासन तर्फ ध्यान दिदै सर्वहारावर्ग प्रति निष्ठावान भई त्यसको जगेर्ना गर्ने जीवनप्रति आशावादी भई शोसनमा आधारित समाज व्यवस्थाको ध्वस्तगरी शोसन विहिन समाजको सृजना तर्फ संगठित र क्रियाशिल गराउँछ ।
४. समाज दर्शनका क्षेत्रमा आदर्शवाद र भौतिकवाद
(क) आदर्शवादः आदर्शवादले इतिहाँस निर्माणमा जनताको भुमिकालाई लत्याएर इश्वर राजा वा विर पूरुषको भुमिकालाई प्रधानता दिन्छ ।
(ख) भौतिकवादः भौतिकवादले श्रम शक्ति वा जनसमुदायलाई इतिहाँसको चालक शक्तिको रूपमा मान्दछ ।
सारांशः
यहाँ हामीले बुझ्नु पर्ने कुरा के हो भने समाज गरिखाने र बसीखाने वर्गमा विभिाजित छ । समाज वर्गमा विभाजित भएको हुँदा दर्शन पनि वर्गमा विभाजिवत छ र आदर्शवादी दर्शन वा सिद्धान्त बसी खाने वर्ग वा हामी माथि शासन र शोसान गर्ने वर्गको दर्शन हो । भौतिकवादी दर्शन गरी खाने मजदुर तथा श्रमजीवी वर्गको दर्शन हो । यसले सर्वहारा मजदुर, गरिब किसान बर्गाको पक्षमा वकालत गर्दछ । यो शोसित पिडित वर्गको पक्षमा सद उभिने दर्शन यो । यहि दर्शनका आधारमा हजारौ वर्ष देखि उत्पीडित वर्गले मालिक पूँजीपति वर्गका विरूद्व निरन्तर संघर्ष गर्दै आएको छ ।
आज सभ्य तथा आधुनिक समाज निर्माण भएता पनि अहिले पनि शोषणको जरो जीउका तीउ रहेको छ । सर्वहार वर्गले आफ्नो मुक्तिका खाँतिर बसीखाने मालिक तथा शोषक वर्गका विरूद्व निरन्तर संघर्ष चलाई रहेको छ । हामीले यस धर्तीलाई सम्पन्न बनाउँने श्रम र श्रमिकहरूको कदर गर्दै वर्गीय इमान्दारिता देखाउनु हाम्रो दायित्व बनाउनु पर्दछ ।
हामीले सामुहिकता र अनुशासन तर्फ ध्यान दिदै सर्वहारा वर्गप्रति निष्ठावान भई त्यसको जगेर्ना गर्ने कुरालाई प्राथामिकतामा राख्नु पर्दछ । सर्वहारावर्गले सदा जस्तो सुकै कठिन परिस्थितिमा पनि जीवनप्रति आशावादी भई शोसनमा आधारित समाज व्यवस्थाको अन्त्य गर्ने र त्यसका ठाउँमा पूँजीपति वर्गमाथि विजय प्राप्त गर्दै शोसन विहिन समाजको सृजना गर्ने तर्फ आपूmलाई संगठित र क्रियाशिल गराउँदै अघि बढ्नु पर्छ । साभारः अग्रिम साप्ताहिक