उत्कृष्ट समाज ‘वैज्ञानिक समाजवाद’

आजाद खड्का
राजनीति एउटा अभियान हो । यसको मुख्य उदेश्य रानीतिको माध्यमबाट जनताको सेवा गर्नु हो । त्यो सेवाको मुख्य काम समाजको सबै भन्दा उत्कृष्ट समाज व्यवस्था निर्माण गर्नु हो । समाज व्यवस्था भनेको राज्यसत्ता निर्माण हो । राज्यसत्ता । आदिम साम्यवादको उपचरण जंगली समाजबाट सभ्य समाज हुँदै दास समाज, सामन्तवादी समाज, हुँदै पुँजीवादी युगमा प्रवेश गरेका छौं । अझै समाजवाद/साम्यवादसम्म पुग्नु छ । समाजको यो व्यवस्था जति अघि बढ्यो त्यति राम्रो मानिन्छ । हामी अहिले समाज विकासक्रमको चौथो चरणमा अस्ति भर्खर २०६२/२०६३ सालको १९ दिने दोस्रो जनआन्दोलनको बलमा प्रवेश गरेका हौं । संसार यो चरणमा ४ सय ५० वर्ष पहिल्यै प्रवेश गरेको हो । व्यापारिक र सेवा मुलक पुँजीवाद हुँदै औद्योगिक प्रगतिशिल पुँजीवाद हुँदै पुँजीवादले पनि आफ्नो तेस्रो उपचरण एकाधिकार पुँजीवाद (साम्राज्यवादी) उपचरणमा प्रवेश गरि संसारलाई लुटेर युरोप मुलुकहरूले धन थुपारेर धनी बनेका हुन् ।

हामीले युरोप जस्तो धनी देश किन बनेन् ? भनेर नेताहरूलाई प्रश्न गर्नु नितान्त गलत छ । एकातिर युरोप जस्तो धनी र विकसित देश किन बनेन् भनी प्रश्न गर्छाैं । अर्काे तिर देशलाई सामन्तवादबाट मुक्त गरि देशलाई पुँजीवादमा प्रवेश गराउदा मान्छे किन मारेको÷मरेको भनेर प्रश्न पनि हामीले नै गर्छाैं । हामीले दमनकारी–नर संसारवादी सामन्तवादी राज्यसत्तालाई होईन बरू दमन र रक्तपातपूर्ण नरसंहारकारीलाई प्रश्न गर्दैनौं । किन कि हाम्रो चेतनाले दमनकारी, रकणतपातपूर्ण नरसंसारलाई न्यायीक र जनताको प्रतिरोधपूर्ण संघर्षलाई अपराध देख्छ । यो हाम्रो पछौटे चेतनाको उपज हो ।

यो हाम्रो अत्यन्तै विरोधाभाष माग हो । समाजलाई अघि बढाउन ढिला किन गरेको ? मानविय क्षति हुने नाममा समाजको विकासलाई अबरूद्ध गर्न पाइन्छ ? भनेर नेताहरूलाई प्रश्न गर्ने ठाउँमा रक्तपात संघर्ष गर्न पाईन्छ? हाम्रो यस्तो चेतना छ र यस्ता पछौटे प्रश्न गर्छाैं । हामीले सामन्तवाद समाज विकासक्रमको बाधक हो । सामन्तवादले आफ्नो फाईदाका लागि राज्यसत्ताको चरम दुरूपयोग गरेर समाज विकासक्रममाथि दमन गर्न पाइन्छ ? मान्छेको ज्यान लिन पाइन्छ? भन्ने प्रश्न गर्दैनौं । हामी कति पछौंटे चेतनाका छौं कि १ परिवर्तनका पक्षमा आवाज उठाउनु अपराध, परिवर्तनको आवाजमा दमन गर्नु न्याय भन्छौं । दमनको प्रतिरोध गर्नु अपराध अनि प्रतिरोधलाई रक्तपातद्वारा राज्यले नरसंहार गर्नुलाई न्याय देख्छौं ।

यो नितान्त पछौंटे चेतनाको उपज हो । सत्यकुरा के हो भने–राज्यसत्ता वर्गिय हुन्छ । हुने खाने वर्गको हातमा राज्यसत्ता हुने हुदा उसले राज्यसत्ताको चरम दुरूपयोगबाट आफ्नो स्वार्थ लिई रहेको हुन्छ । त्यो सत्ताधारी वर्गलाई परिवर्तनको मतलब हुदैन । संसार ४ सय ५० वर्ष पहिले पुँजीवादमा प्रवेश गरे पनि नेपालमा अस्तिसम्म सामन्तवाद कायम रहनु र अझै पनि देशलाई सामन्तवादमै फर्काउन राजावादीहरूको अभियानमा आवाज उठ्दा जनस्तरबाट तालि बज्नुको परिणाम हामी भित्रको यहि पछौंटे चेतना हो । त्यसैले हामीले हाम्रो समाजलाई अघि बढाउनु छ, भने जस्तो सुकै दमनकारी हिंसाको पनि प्रतिरोध गर्दै परिवर्तनको आन्दोलनलाई निर्णायक चरणमा प¥याउनु पर्छ । अनि मात्र हाम्रो समाज युरोप जस्तै हुन्छ ।

युरोप धनी किन छ ? एक पटक हामीले बुझ्न जरूरी छ–सामन्तवादबाट मुक्त भएर पुँजीवादमा प्रवेश गर्न युरोपले कति संघर्ष ग¥यो ? कति सामन्तवादको चरम दमजको कति प्रतिरोध गर्नु प¥यो? जनताको प्रतिरोधपूर्ण संघर्ष विरूद्ध युरोपको सामन्तवादी राज्यसत्ताले कति रक्तपातपूर्ण नरसंहार गरेको हो ? त्यहाँका जनता फेरि पनि पछि हटेनन् । निरन्तरको अथक संघर्षबाट त्यहाँ सेवा मुलक व्यापारिक पुँजीवाद हुँदै प्रगतिशिल औद्योगिक पुँजीवाद आएको हो ।

यद्यपि त्यहाँको औद्योगिक पुँजीवादले प्रगतिशिल चरित्र गुमायो । औद्योगिक पुँजीवादले आफ्नो तेस्रो उपचरण एकाधिकार पुँजीवादी (साम्राज्यवादी) चरणमा प्रवेश ग¥यो । जसलाई लेनिनले–साम्राज्यवाद पुँजीवादको मरणसन्न र अन्तिम रूपको संज्ञा दिएकी थिइन् । युरोप ४ सय ५० वर्ष पहिले व्यापारिक पुँजीवाद, औद्योगिक पुँजीवाद आएको हो । आदिम साम्यवादी युग, दास मालिक युग, सामन्ती युग हुँदै पुँजीवादी युग, समाजवादी–साम्यवादी युग समाज विकासका मुल चरण हुन् । यिनको विभिन्न उपचरण हुन सक्छन् ।

हामी समाजको चौथो चरणमा प्रवेश गरेका छौं । यो समाजलाई पनि बदल्नु छ । अझ उत्कृष्ट समाजको निर्माण गर्नु छ । त्यो उत्कृष्ट समाज भनेको समाज विकासको पाँचौ र अन्तिम चरण हो । त्यसको पहिलो उपचरण समाजवाद हो र दोस्रो एवं अन्तिम उपचरण साम्यवाद हो । यो पाचौं–अन्तिम चरणको पहिलो उपचरणलाई कम्युनिष्टहरूले वैज्ञानिक समाजवाद भन्दछन् ।

संसोधनवादी कम्युनिष्टहरूले समाजवाद मात्र भन्ने गर्दछन् । कांग्रेसले प्रजातान्त्रिक समाजवाद भन्छ । समाजवाद/प्रजातान्त्रिक समाजवाद पुँजीवाद भित्रै प्रगतिशिल चरित्र हुनुलाई समाजवाद भन्छन् । उनीहरूले मात्र उपरिसंरचनामा परिवर्तन गरेर समाजवादका भ्रुणहरू–पुँजीवादका सामान्य प्रगतिशिल पक्षलाई देखाएर समाजवाद यहि हो भनी हामीलाई अलमलमा राखेर पुँजीवादी राज्यसत्ताको आधार पुँजीवादी उत्पादन सम्बन्धको संरक्षण गर्न चाहँन्छन् । किनकी कांग्रेस र संसोधनवादी कम्युनिष्टहरू फरक नामका पुँजीवादी तत्वहरू नै हुन् ।

वास्तविक कम्युनिष्टहरूले पुँजीवाद भित्र प्रगतिशिल पक्ष हुनु राम्रो हो । त्यो पुँजीवादको गर्भमा समाजपादको भ्रुण हुर्किनु भनेको हो । भ्रुणलाई हुर्काएर ९ महिना पछि बच्चा भएर जन्मिए पछि त्यो गुणमै परिवर्तन हुन्छ । पुँजीवाद भित्र प्रगतिशिल पक्ष हुनु भनेको भ्रुण हो । समाजवाद आउनु भनेको बच्चा जन्मिनु हो । हामी पुँजीवाद भित्र हुर्कि रहेको समाजवादी भ्रुणलाई वैज्ञानिक समाजवादी बच्चा (शिशु) को रूपमा जन्मिएर हुर्किएको देख्न चाहँन्छौं भन्छन् ।

त्यसैले हामी मात्रात्मक विकासमा टेकेर गुणात्मक (आमूल परिवर्तन) गर्न चाहँन्छौं । किनकी हामीले हुने खाने वर्गको हातबाट हुदा खाने वर्गको हातमा सत्ता पु¥याउनु छ । वैज्ञानिक समाजवाद हुदा खाने श्रमिक वर्गको सत्ता हो । त्यसकारण हामीले सत्ताको उपरिसंरचनामा मात्र परिवर्तन गरेर बस्दैनौं । हामी राज्यसत्ताको आधारमै परिवर्तन गर्न चाहँन्छौं । आमूल परिवर्तण हाम्रो लक्ष्य हो । लक्ष्यबाट पछि हट्नु श्रमजीवि वर्ग प्रतिको गद्दारी गर्नु हो । वर्गउत्थानवादी–प्रतिक्रान्तिकारी बाटो रोज्नु हो भन्दछन् ।

राज्यसत्ताको आधार र उपरिसंरचना
हामीले बुझ्नु पर्ने पहिलो र अनिवार्य विषय के हो भने राज्यसत्ता वर्गिय हुन्छ । हामी समाज विकासको चौथो चरण पुँजीवाद र चौथो उपचरण भुमण्डलीकृत पुँजीवादमा छौं । यो मैले संसारको कुरा गरेका छु । अहिलेको राज्यसत्ता पुँजीवादको हातमा छ । हामीले यो वर्गबाट राज्यसत्ता खोसेर श्रमजीवि वर्गको हातमा लैजानु छ । त्यो भनेको ‘वैज्ञानिक समाजवाद’ ल्याउनु छ ।

मैले अगाडि भने संसोधनवादी कम्युनिष्ट र कांग्रेसहरूले ल्याउन खोजेको समाजवाद÷ प्रजातान्त्रिक समाजवाद भनेको मात्रात्मक परिवर्तन हो । हामीले श्रम जीवि वर्गले ल्याउन खोजेको गुणात्मक परिवर्तनको रूपमा ‘वैज्ञानिक समाजवाद’ हो । मात्रात्मक परिवर्तन गर्ने भनेको राज्यसत्ताको उपरिसंरचनालाई अलि प्रगतिशिल बनाउने तर आधार (जग) लाई नचलाई उस्तै राख्ने भनेको हो । गुणात्मक (आमुल) परिवर्तन भनेको राज्यसत्ताको आधार (जग) मै परिवर्तन गर्ने र त्यहि अनुकुल उपरिसंरचना (छानो) पनि निर्माण गर्ने भनेको हो ।


राज्यसत्ताको आधार भनेको के हो ?
राज्यसत्ताको आधार भनेको राज्यको उत्पादन सम्बन्ध हो । यो राज्यसत्ताको जग हो । यहि जगमा टेकेर उपरिसंरचना चलेको हुन्छ । प्रष्ट बुझिने भाषामा भन्नू पर्दा राज्यसत्ता घर हो । आधार जग हो । उपरिसंरचना छानो हो । घरको जग जस्तो बन्छ–त्यहि अनुसार घर बन्छ र घरको छानो बन्छ । जग बलियो भएको घरको छानो बलियो हुन्छ । घर वा छानो कमजोर भए त्यहि अनुसार केही मेहनत र लगानी लगाएर राम्रो बनाउन सकिन्छ । तर, जग नै कमजोर भयो भने घर र छानो जति राम्रो बनाए पनि घर भत्किन्छ । अनि पुनः जगबाटै घर बनाउनु पर्ने हुन्छ ।

संसोधनवादी कम्युनिष्ट र कांग्रेसहरूले ल्याउन खोजेको समाजवाद त्यहि जग पुरानै पुँजीपति वर्गको घर र छानो भरी समुदायको हो । यसरी गरेको मात्रात्मक परिवर्तन (घर र छानोको मात्र परिवर्तन) क्षणिक हुन्छ । त्यसकारण आधार (जग) मै परिवर्तन गर्नुपर्छ र त्यहि अनुकुल उपरिसंरचना (घर र छानो) निर्माण गर्नुपर्छ । यस्तो परिवर्तन भनेको आमूल परिवर्तन हो । यो नै दिर्घकालिन हुन्छ । त्यो भनेको ‘वैज्ञानिक समाजवाद’ ल्याउने भनेको हो ।

राज्यसत्ताको आधार उत्पादन सम्बन्ध
उत्पादन सम्बन्धका तीन आयाम हुन्छन्ः– १० स्वामित्वको स्वरूप २० वितरण प्रणाली र ३० मानिसहरूबीचको आपसी सम्बन्ध । अहिलेको पुँजीवादी व्यवस्था हो । यो व्यवस्थाको उत्पादन सम्बन्धमा उत्पादनको वस्तु र उत्पादनका औजारमा पुँजीपतिको स्वामित्व हुन्छ । स्वामित्व पुँजीपतिवर्गका हातमा हुने हुदा उत्पादनका वस्तु–जमिन र कल कारखाना, उत्पादनका औजार–जमिन, कल–कारखानामा प्रयोग गरिने मेसिन उनीहरूको अनुकुल–फाईदामा चल्नुपर्छ । जसको स्वामित्व हुन्छ उसैले जमिन–कल–कारखानको फाईदा खान्छ । नेपालमा भएको खास यहि हो ।

मानविय श्रम गर्ने मजदुर श्रमजीवि वर्ग ठगिएको छ । अनि जमिन र कल–कारखानामा स्वामित्व कायम गरेर मानविय श्रम गर्ने श्रमजीवि वर्गमाथि शासन गर्ने मुठ्ठिभर पुँजीपति वर्ग फाईदामा छ । हामीले यहि व्यवस्थालाई पुँजीवादी व्यवस्था (जहाँ गरिखाने वर्ग ठगिएको हुन्छ) भनेका हौं । अझ अर्काे अर्थमा पुँजीवाद यस्तो व्यवस्था हो–सगरमाथाको चुचुरोमा कुइण्टलका हिसाबले सुन छ । प्रतिस्पर्धाबाट जो पहिले पुग्छ –उसले सबै ल्याउन पाइन्छ । त्यसकालागि हजारलेसंगै प्रतिस्पर्धा गर्न पाउछ । तर जसले जित्छ त्यो एकजनाले सबै सुन पाउछ ।

अरू ९९९ मध्य केही गण्तव्यमा नपुग्दै बाटोमै मृत्युवरण गर्छन् । पुगेका अधिकांशले हारेर फर्किन्छन् । जित्ने अरबपति हुन्छ । हार्नेहरू रोडपति हुन्छन् । फर्केर घर आउदा घर परिवारको बेहाल देखेर हुने खाने वर्गसंग हर सम्झौता गर्न विवस हुन्छन् । जित्नेले हार्नेहरूको मजबुरीको फाईदा उठाउदै सम्झौताको माध्यमबाट उनीहरूको उठिबास लगाउछन् । अनि हार्ने अधिकांश जित्नेका नोकर र जित्ने अमुक व्यक्ति मालिक बन्छ ।

पुँजीवादी राज्यसत्ताको सार यहि हो । पुँजीवाद भनेको व्यक्तिवाद पनि हो । यस पुँजीवादी उत्पादन सम्बन्धमा उत्पादनका वस्तु र औजारमा पुँजीपति वर्गको स्वामित्व हुन्छ । स्वामित्व पुँजीपति वर्गमा रहने हुदा वितरण प्रणालीमा निजी हुन्छ र ३० पुँजीपति र श्रमजीवि मजदुरको मानविय सम्बन्ध हुन्छ । ‘वैज्ञानिक समाजवाद’ ल्याएर राज्यसत्ताको हामी आधार बदल्न चाहँन्छौं ।

मैले माथि प्रष्ट पारेको छु– उत्पादन सम्बन्धका तीन आयाम हुन्छन्– १० स्वामित्वको स्वरूप २० वितरण प्रणाली र ३० मानिसहरूबीचको आपसी सम्बन्ध । उत्पादन सम्बन्ध राज्यसत्ताको आधार हो । १० हामीले उत्पादनका वस्तु र उत्पादनका औजारहरूमा श्रमजीवि वर्ग–समुदायको स्वामित्व कायम गर्न चाहँन्छौं । २० स्वामित्वको प्रश्नसंग वितरणको प्रश्न अभिन्न रूपले जोडिएकाले वितरण प्रणालीलाई समुदायकरण गर्न चाहन्छौं । ३० हामीले पुँजीपति वर्ग र श्रमजीवि वर्गमा विभाजित मानविय सम्बन्ध नभई आम श्रमजिवि, आत्मनिर्भर, समृद्व र सुखि सामुदायीक मानविय सम्बन्ध कायम गर्न चाहन्छौं ।

यस्तो समाजलाई ‘वैज्ञानिक समाजवाद’ भनिन्छ । यस समाजमा सगरमाथाको चुचुरोमा कुइण्टलका हिसाबले सुन भएको सि सुचना पछि समुदायले सबैलाई प्रतिस्पर्धी नबनाई निश्चित आवश्यक मानिसहरूको टिमलाई छनौट गरि सुरक्षित त्यहाँ पुगेर सुन प्राप्त गरी समुदायमा ल्याउन सक्ने उपयुक्त योजना सहित पठाउछ । बाँकि समुदाय आफ्नो सभ्यताको रक्षा विकास र प्रयोगको जिम्मेवारीमा जुट्छ । ल्याएको सुन सबै समुदायको हुन्छ । उनीहरू फर्केर आउदा उनीहरूको परिवारको कुनै विवसता देख्नु पनि पर्दैन ।

विवसता नदेखेमा कसैसंग अनावश्यक सम्झौता पनि गर्नु पर्दैन । न कसैको उठिबास लाग्छ । न कसैले हार्नुपर्छ । सभ्यताको रक्षा, विकास र प्रयोग पनि हुन्छ । सुन पनि सबैको हुन्छ । समुदायले जित्ने हुदा समाजमा समानता कायम हुन्छ । समानतामा शान्ति र एकता कायम हुन्छ । एकतावद्व र बलियो समाज समृद्व बन्छ । जुन समाजमा समानता, शान्ति–एकता र समृद्व हुन्छ, त्यो समाज सुखी हुन्छ । सुखी समाजमा प्रत्येक मानव सुखी हुन्छ । सबै भन्दा राज्यसत्ता निर्माण पछिको उत्कृष्ट समाज यहि हुन्छ ।

राज्यसत्ताको–उपरिसंरचना
उपरिसंरचना–दर्शन, विचार, सिद्वान्त, सरकार, सेना–प्रहरी, प्रशासन, कानुन–संविधान, अदालत, संसद, राजनीतिक दल, जेल, धर्म, भाषा, संस्कृति, साहित्य–कला आदि हुन् । आधार जस्तो हुन्छ । उपरिसंरचना पनि त्यहि अनुकुल हुन्छ । अहिलेको राज्यसत्ताको आधार–पुँजीवादी उत्पादन सम्बन्ध हो, भने माथि उल्लेखित उपरिसंरचना त्यहि अनुकुल चलेका छन् । ‘वैज्ञानिक समाजवादी’ राज्यसत्ताको आधार वैज्ञानिक समाजवादी उत्पादन–सम्बन्ध हुन्छ र उपरिसंरचनाहरू सोहि अनुकुल हुन्छन् ।

यसैलाई कार्ल माक्र्स र फ्रेडरिक एंगलेल्सको संयुक्त खोज अनुसन्धानबाट पत्ता लगाउनु भएको हो । राज्यसत्ता वर्गिय हुने हुदा यसको प्राप्तिका लागि वर्ग संघर्ष अनिवार्य छ । जीवन र जगतले हेर्ने बुझ्ने र जाँच्ने द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण, उत्पादन सम्बन्धका आधारमा युग समाजको ऐतिहासिक भौतिकवादी व्याख्या, बहुसंख्यक श्रमजिवी वर्गमाथि मुठ्ठिभर पुँजीपति वर्गले कसरी शोसन गर्छ भनेर अतिरिक्त मुल्यको सिद्वान्त र वर्गभेदको अन्त्यकालागि वर्ग संघर्षको अनिवार्यताको सिद्वान्तको निर्मम संघर्षबाट खोज अनुसन्धान गरेका हुन् र यसैलाई माक्र्सवादी सिद्वान्त भनिएको हो । साभारःअग्रिम साप्ताहिक