एलिशा घर्ती मगर
हजुर, आमाबुबा, दिदीबहिनी र दाजुभाईमा
यसै लेखमार्फत अनुरोध गरे सबैलाई ।।
वातावरण संरक्षणमा सबैले पु¥याऔं ध्यान
यसको अभावमा हुँदैन हाम्रो स्वस्थ ज्यान ।।
माटो, पानी, हावा, वनजङगल र ओजन हाम्रो साथी
यि सबैको संरक्षण गर्ने काम सबैभन्दा माथी ।।
वातावरणको अर्थ पर्यावरण भन्ने बुझिन्छ । वातावरणमा सबै प्राकृतिक परिवेश जस्तै भूमि, हावा, पानी, बिरूवा, पशु, ठोस सामाग्री, सूर्यको किरण, ओजन र अन्य सम्पूर्ण प्राकृतिक सम्पदाहरू पर्दछन् । यी सबै प्राकृतिक सम्पदा तथा ओजन तह बिच रहने एकआपसको सम्बन्धका कारण नै यस पृथ्वीमा जीवन सम्भव भएको हो । प्राकृतिक सम्पदालाई जोगाउने कामले सबैका निम्ति हितकर हुनाले यसलाई सजाउने वा संरक्षण गर्नु पर्ने हाम्रो दायित्व हो । मानव लगायत सम्पूर्ण प्राणीको जीवन वातावरणमा भरपर्ने भएकाले वातावरण संरक्षण गर्नु अत्यावश्यक छ ।
स्वच्छ, सुन्दर र स्वस्थ वातावरणमा बस्न हामी सबै चाहन्छौँ । सधैँ स्वस्थ रहन चाहन्छौँ र आरामले आफ्नो जीवन निर्वाह गर्न चाहन्छौँ । तर जानी नजानी भए पनि हामी वातावरणलाई प्रतिकूल बनाउन पुगेका छौँ । हामी जहाँ गएपनि धुलो, धुवा, फोहोर मात्र देख्छौँ । यस्तोसम्म समय आइपुगेको छ कि मास्क बिना हामी कतै जानै सक्दैनौँ । रूखहरू काटेर ठुला–ठुला घर निर्माण गर्छौं, सावजनिक ठाउँहरूमै कलकारखानाहरू खोलि दिन्छौँ, जथाभावी फोहोर फालि दिन्छौँ र विकास गर्ने नाममा सबै प्राकृतिक सम्पदाहरूलाई नष्ट पारिदिन्छौँ ।
वातावरण प्रतिकूल पार्ने मानिस नै हो तर यसको असर भोग्नु पर्ने सबै प्राणीले हो । वातावरण प्रतिकूल भएकै कारण आज मानव जीवन सङ्कटग्रस्त भएको छ । विभिन्न खतरनाक रोगहरूको उत्पत्ति भएको छ । जस्तैः– कोरोना । अनावृष्टि, अतिवृष्टि, भुक्ष, पहिरो आदिले मानव जातीलाई धेरै क्षति पु¥याएको छ । वातावरण प्रदुषणको कारण मानिस हो भने यसलाई सुधार गर्ने काम पनि मानिसलै नै गर्नु पर्छ ।
मानिसहरूले समय– समयमा नदी, खोलानाला सफा गर्नुपर्छ र फोहोर फाल्नु हुँदैन । फोहोरको व्यवस्थापनमा बढीभन्दा बढी ध्यान दिनुपर्छ । वातावरण संरक्षणको कार्यक्रम आयोजना गरी मानिसहरू बिच जनचेतना फैलाउनु पर्छ । रूखहरू काट्नुको सट्टा रोप्ने काममा बढी ध्यान दिनुपर्छ । रूखहरू काटेपनि त्यो रूखको ठाउँमा दुई÷तीन वटा अरू रूखहरू रोपिदिने चलनको सुरूवात गर्नुपर्छ ।
कलकारखाना मानव वस्तीभन्दा टाढा नै बनाउनु पर्छ । घर, उद्योग, प्रदुषित पानी वा फोहोर खोला, नदीमा मिस्याउनु हुँदैन । माटोमा विषादीको प्रयोग गर्नु हुँदैन भन्ने कुरा सबै कृषकमाझ फैलाउनु पर्छ । हावा, पानी, भुमिलगाएत सबै प्राकृतिक महत्वपूर्ण कुरा विकासका कार्य अगाडि सार्दा वातावरण तथा प्रकृतिलाई प्राथमिकता दिई असर नपुग्ने गरी विकास गर्नुपर्छ । कुनै कुराको आविष्कार गर्दा पनि वातावरणलाई असर नपु¥याई आविष्कार गर्नुपर्छ ।
वातावरण छ, भने मात्र यो मानिसको अस्तित्व छ भन्ने कुरालाई सबै मानिस जातीले बुझ्न आवश्यक छ । वातावरणलाई संरक्षण गर्ने सबै मानिसले आफ्नो कर्तव्य ठानी वातावरणलाई स्वच्छ र सफा राख्नुपर्छ । वर्तमान समयमै वातावरण संरक्षण गरेनौँ भने भविष्यमा गएर पछुताउनु पर्ने अवस्था सिर्जना हुनेछ ।
त्यसैले अहिले देखि नै अवस्था सिर्जना हुनेछ । त्यसैले अहिले देखि नै गम्भिर रूपमा वातावरण संरक्षणमा ध्यान दिनुपर्छ अतः वातावरण संरक्षण गरौँ र आफु र आउने पुस्ताको लागि राम्रो, स्वच्छ र सफा वातावरण निर्माण गरौँ । अन्तिममा सम्पूर्ण व्यक्तिमाझ वातावरण दिवसको शुभकामना व्यक्त गर्दछु । (लेखकः एलिशा घर्ती मगर आइडियल बोर्डिङ सेकेण्डरी स्कुल, कक्षा ९ (नौ) मा अध्ययनरत ।) साभार : अग्रिम साप्ताहिक
लाइभदाङ । २२ जेष्ठ २०८०, सोमबार ११:३३ बजे