निराश पाण्डे
शान्तिनगर, ५ पुस ।
शान्तिनगर युवा संजालले शान्तिनगर गाउँपालिकालाई शुक्रबार मौखिक ध्यानाकर्षण गराएको छ। युवा संजाल शान्तिनगरका अध्यक्ष कर्णदिप देबकोटाको नेतृत्वमा गएको टोलिले प्रमुख प्रशासकिय अधिकृत भेषराज चन्दको आफ्नै कार्यकक्ष जुम्लेकुलामा सरकारी साधन दुरुपयोग भएको बारेमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
संजालका अध्यक्ष देबकोटाका अनुसार गाउँपालिकाका सवारी साधनहरु बिदाको दिन र अन्य कार्यालय समयको अघि पछि पनि चलाएको हुनाले यसको नियन्त्रण गर्न प्रमुख प्रसासकिय अधिकृत चन्दलाई आग्रह गरिएको छ । अध्यक्ष देबकोटाले पहिलो चोटि मौखिक ध्यानाकर्षण गराएको र यसको नियन्त्रण नभए दोस्रो पटक लिखित ध्यानाकर्षण गराउने जनाएका छन् ।
प्रमुख प्रसासकिय अधिकृत भेष राज चन्दले बिदाको दिन सवारी साधन चलाउन परेमा जिल्ला प्रसासन कार्यालय दाङको पास लिनुपर्ने जनाएका छन्।आफु शान्तिनगर गाउँपालिकाको कार्यालय जुम्लेकुलामा सरे पछि आएको बताउदै आफु यस गाउँपालिकाको कार्यालय जुम्लेकुलामा रहदा सम्म सवारी साधन दुरुपयोग हुन नदिने पनि प्रतिबद्धता जनाएका छन्।
लाइभदाङ । ६ पुष २०८१, शनिबार १२:१५ बजे