तुलसीपुरमा किशोरबीचको झगडामा बालक गम्भीर घाइते

तुलसीपुर, १९ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको झगडामा एक बालक गम्भीर घाइते भएका छन्।

सोमबार साँझ करिब ५ः३० बजे बेलुवास्थित सक्सेस बोर्डिङ स्कुलअगाडि १४/१५ वर्षीय विराज गिरी र १५ वर्षीय यज्ञ वलीबीच सामान्य विवादका क्रममा झगडा हुँदा गिरी गम्भीर घाइते भएका छन् ।


घाइते विराज गिरी रुकुम बाँफिकोट गाउँपालिका घर भई हाल तुलसीपुर–८ दूधेना बस्दै आएको र कुटपिटमा संलग्न यज्ञ वली स्थानीय बेलुवा निवासी भएको प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए । कुटपिटका क्रममा विराजको टाउकोमा गहिरो चोट लागेको छ । टाउकोमा लागेको चोटका कारण बेहोस अवस्थामा रहेका बालकको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचाररत छन् ।

घटना लगत्तै प्रहरी चौकी बेलुवा दाङबाट खटेको प्रहरी टोलीले कुटपिटमा संलग्न यज्ञ वलीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।