माओवादी केन्द्र राप्ती – ९ को अध्यक्षमा पुन:घर्ती मगर निर्विरोध

भालुबाङ, २८ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिका वडा नम्बर ९ को तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: कृष्ण घर्ती मगर निर्विरोध निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा गिम बहादुर सिङ्जाली, किरण घर्ति मगर,सचिव बालाराम बुढा मगर,सह-सचिव महोनलाल घर्ति मगर र कोषाध्यक्षमा खुमन्ता सुनार निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा हिम बहादुर विक,डिल बहादुर मगर,विष्णु बराल मगर,शसिराम गाहा मगर,नजरअलि मिया,ठग बहादुर घर्ति,बिर बहादुर मगर,उमेश बराल मगर,हिम बहादुर गाहा मगर,तारा विक,समिर मिया,कल्लु मिया,समिरन खातुन,नब दिन मिया र शन्ता सुनार निर्विरोध निर्वाचित हुनुभएको छ।

वडा कमिटीका अध्यक्ष कृष्ण घर्ती मगरको अध्यक्षता तथा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् राप्ती गाउँपालिका इन्चार्ज चित्र बहादुर थापा मगर (सूर्यप्रकाश)काे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका गाउँ कमिटी,जन वर्गीय संगठनका पदाधिकारी लगायत वडाका पार्टी सदस्यहरुकाे उल्लेख सहभागीता रहेको थियो ।

विभिन्न पार्टी परित्याग गरि ४ जना माओवादी केन्द्रमा प्रवेश


यसैबीच विभिन्न पार्टी परित्याग गरि ४ जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

नेकपा एमाले पार्टी परित्याग गरि बालाराम बुढा मगर,नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि हिम बहादुर विक,खुमन्ता सुनार र शान्ता सुनुवार माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

बुढा मगर २०७९ सालकाे स्थानीय तहको चुनावमा एमाले बाट वडा अध्यक्षकाे उम्मेदवार समेत रहेका थिए।

नव प्रवेशिहरुलाई नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् राप्ती गाउँपालिका इन्चार्ज चित्र बहादुर थापा मगर (सूर्यप्रकाश)ले स्वागत गर्नुभएको थियो ।