सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शाखा नारायणपुरमा

कात्तिक
२९ दाङ / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारायणपुरमा आफ्नो १ सय ४ औं शाखा आज सोमवारदेखी शुभारम्भ गरेको छ ।
दाङको घोराहि तुल्सिपुर, लमही र भालुवाङ मार्फत बैंकिङ सेवा प्रदान गरिरहेकोमा दाङ्गबासिको माया र विश्वास लाइ सम्मान गर्दै अझ सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नारायणपुरमा शाखा बिस्तार गरिएको बैकको क्षेत्रिय कार्यालय नेपालगंञ्जका क्षेत्रिय प्रवन्धक जयन्द्र बहादुर खडकाले वताउनुभयो ।

क्षेत्रिय प्रबन्धक जयन्द्र बहादुर खड्का, क्षेत्रिय ईन्चार्ज जीवन कुमार डिसी, स्थानिय नागरिक,व्यापारी व्यवसायी, बैकका कर्मचारी लगायतले संयुक्त रुपमा कारोवार गरी शाखाको शुभारम्भ गरिएको नारायणपुर शाखा प्रमुख टेकराज रिजालले जानकारी दिनुभयो ।


बैकको नारायणपुर शाखावाट विभिन्न कर्जा सुविधा, वचत, रेमिट्यान्स, मोवाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डि म्याट खाता लगायतका सुविधा प्रदान गरिने छ । आज पहिलो दिन बैकमा ५ सय वढी खाता खुलेको, १ करोड ५० लाख रकम डिपोजिट हुनुका साथै ५ करोड ५० लाख कर्जा लगानि गरिएको शाखा प्रमुख रिजालले वताउनुभयो ।

काठमाण्डौको बालुवाटारमा केन्द्रिय कार्यालय रहेको बैकले देशका विभिन्न ठाँउमा १ सय ४ वटा शाखा सञ्चालन गरि आम नागरिक लाई बैकिङ सेवा प्रदान गर्दै आएको छ भने विभिन्न समयमा सामाजिक कार्य पनि गर्ने गरेको छ ।