तुलसीपर
२७ मङ्सिर / माओवादी केन्द्रको महाधिवेशन प्रतिनिधिकालागि दाङबाट १५ जनालाई छनोट गरिएको छ ।
भालुवाङमा जारी लुम्बिनी प्रदेश स्तरीय सम्मेलनले नेता कुवेर वलीसहित १५ जनालाई महाधिवेशन प्रतिनिधिका रुपमा छनोट गरेको छ ।
जसमा लुमकान्त न्यौपाने, तुलसीराम पुन, लिला शर्मा, भिमकुमारी बाँठा,लुमबहादुर कार्की,डिल्ली अधिकारी,बसन्तराज शर्मा,लेखरजासिंह रेग्मी,गोपाल वली, भिमबहादुर वली, विश्वराज आचार्य, प्रेमराज वली, साउने चौधरी र प्रमोद शर्मा रहेका छन् ।
साथै पार्टीको लुम्बिनी प्रदेश सदस्यमा दाङबाट २७ जनालाई छनोट गरिएको छ ।
यी हुन्, माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटिमा दाङबाट प्रतिनिधित्व गर्नेहरु
लाइभदाङ । २७ मंसिर २०७८, सोमबार १४:२५ बजे