तुलसीपुर उवासंघमा समाजवादी मोर्चाले भण्डारीलाई उम्मेदवार बनाउने

तुलसीपुर,२१ वैशाख । समाजवादी मोर्चा तुलसीपुरले तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा माओवादी केन्द्रका मिनराज भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।

मोर्चाका संयोजक मोहन थापाको अध्यक्षतामा शक्रबार भएको बैठकले यस्तो निर्णय गरेको हो । भण्डारी संघका बरिष्ठ उपाध्यक्ष हुन् । साथै बैठकले सर्वपक्षिय बैठकमा जानकालागि मोर्चा सम्बद्ध दलहरुबाट एक÷एक जना प्रतिनिधि जाने समेत निर्णय भएको छ ।

मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव निकट (नेकपा) लगायत रहेका छन् ।