
लक्ष्मण बस्नेत
दाङ, २८ वैशाख ।
प्रथम राष्ट्रिय खुला खोखो प्रतियोगिता २०८२ को उपाधी नेपाल आर्मीले जितेको छ । दाङ जिल्ला खो खो संघको आयोजनामा तथा प्रदेश परिषद लुम्बिनिको प्रवर्द्धन एवं तुलसिपुर उपमहानगरपालिकाको मुख्री प्रायोजनमा अरनिको खेल मैदान तुलसिपुरमा संचालित प्रतियोगिताको आज आईतवार सम्पन्न फाईनल खेलमा लुम्बिनी प्रदेश लाई २०–१६ अंकले पराजित गर्दै बिभागिय टिम नेपाल आर्मिले उपाधी जितेको हो ।
उपाधीसंगै उसले नगद ५० हजार,कप, मेडल, प्रमाणपत्र हात पार्यो । फाईनल खेलमा सम्मानजक हार ब्यहोरेको लुम्बिनी प्रदेश उपबिजेतामा सिमिती रहदै नगद २५ हजार कप,मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
तीन दिन सम्म संचालन भएको प्रतियोगितामा सुदुर पश्चिम प्रदेश तृतीय भयो । उसले नगद १० हजार,कप मेडल प्रमाणपत्र हात पार्यो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ बेष्ट प्लेयर खेलाडी नेपाल आर्मिका बेद बहादुर वलि,बेष्ट डिफेन्स लुम्बिनी प्रदेशका बिकाश बिक र बेष्ट एट्याकर नेपाल आर्मिका बिष्णु थारु भए । उनलाई बिधागत प्रमाणपत्रका साथमा ट्र्फी प्रदान गरिएको थियो । प्रतियोगितामा एक बिभागिय टिम नेपाल आर्मी,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश,सुदुर पश्चिम प्रदेश,गण्डकी प्रदेश, बगमती प्रदेश र कोशी प्रदेश गरि जम्मा ७ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह दाङ जिल्ला खो खो संघका अध्यक्ष बालकृष्ण शाहको अध्यक्षता तथा प्रदेश परिषद लुम्बिनिका सदस्य सचिव तिरणदाज गौतमको प्रमुख आतिथ्य एवं नेपाल खोखो संघका केन्द्रिय अध्यक्ष प्रदिप महर्जनको विशिष्ट आतिथ्यमा भएको थियो ।
सो अवसरमा हालै सम्पन्न भएको बिश्वकप खोखोमा नेपाल टिमको प्रतिनिधित्व गर्दै नेपाल लाई उपबिजेताको ट्रफी दिलाउन सफल दाङका बेद बहादुर वलि लाई नगद १० हजार सहित सम्मान गरिएको थियो । त्यस्तै नेपाल टिमको प्रशिक्षकको महत्त्वपूर्ण भुमिका निर्वाह गरेर नेपाल लाई उपबिजेताको स्थान दिलाउन भुमिका निर्वाह गरेको भन्दै नेपाल खोखो संघका केन्द्रिय सदस्य उषा कवर मगर लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल खोखो संघका केन्द्रिय उपाध्यक्ष तथा मुख्य प्रशिक्षक लक्ष्मी नारायण बैद्य, प्रदेश परिषद लुम्बिनीका सदस्य कैलाश रोका, दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का लगाएको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो । यसैबिच दाङ जिल्ला खोखो संघको आयोजनमा भोलि नेपाल र भारतका बिच मैत्रीपुर्ण खोखो प्रतियोगिता हुने भएको छ । खेल अरनिको खेल मैदान तुलसीपुरमा बिहान ८ बजे देखि सुरु हुने संघका सचीव राजु यरिले जानकारी दिनु भएको छ।



लाइभदाङ । २८ बैशाख २०८२, आईतवार २१:२९ बजे