तुलसीपुर, १४ मंसिर । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं.७ तमाखेमा रुख बाट लडेर एक व्यक्तिको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार बिहीबार र बिहान रुख बाट लडेर गम्भिर घाईते भएका ५६ वर्षिय जेम बहादुर सुनारको उपचारको क्रममा मृत्यु भएको हो ।
उहाँ घर नजिकै रहेको इपिलिपीको रुखको घाँस काट्ने क्रममा रुखको हाँगा भाँच्चिदा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनको टाउको र छातिमा चोट लागेको प्रहरीले बताएको छ ।
लाइभदाङ । १४ मंसिर २०८१, शुक्रबार १०:३४ बजे