पश्चिम दाङको माथिल्लो सडक स्तरोन्नतीको प्रक्रिया अघि बढेको छ : मन्त्री मास्की

तुलसीपुर,२८ भदौ । पश्चिम दाङलाई जोड्ने माथिल्लो सडक स्तरोन्नतीको काम अघि बढेको छ । सोही सडकलाई दुई प्रकृतिबाट स्तरोन्नती गर्न लागिएको छ । दाङको एतिहासिक हापुरे बजार जोड्ने उक्त सडक १९ किलो मिटर रहेको छ । ति मध्ये १२ किलोमिटरमा कालोपत्रे र बाँकी रहेको ७ किलोमिटरमा ‘रिपोरिङ’ गरिने लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।

सोही सडककालागि २८ करोड बजेट आएको छ । सोही अनुसार कामको प्रक्रिया अघि बढेको मन्त्री मास्कीले बताए । “माथिल्लो सडक बिग्रिदा आवतजावतमा निकै समस्या हुने गरेको छ, सबैले यो सडक स्तरोन्नतीको माग पनि गर्नुभएको छ”, अर्थमन्त्री मास्कीले भने“त्यसैले उक्त सडक स्तरोन्नतीकालागि प्रक्रिया अघि बढिसकेको छ ।” उक्त सडकले तुलसीपुरको गहतेखोलादेखि हापुरे जोड्छ ।


साथै सोही सडकमा पर्ने तीन वटा खोलामा पुल निर्माणकालागि प्रदेश सरकारले बजेट बिनियोजन भएको भन्दै त्यसकालागि सर्वेको प्रक्रिया अघि बढेको मन्त्री मास्कीले बताए । उनले समयमै काम पूरा गर्ने गरि प्रक्रिया अघि बढेको बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं.१ का बिभिन्न कार्यक्रममा सहभागि मास्कीले यस्तो बताए ।