विकटका बस्तिको विकासमा ध्यान दिऔं

दाङमा अझै पनि बिकट बस्तिहरु छन् । जहाँ सडक, विद्युत, सञ्चारको सहज पहुँच पुग्न सकेको छैन । विकासकै दृष्टिले सुगम मानिने दाङ तुलसीपुरकै वडा नं.४ मा पर्ने खुमखानीमा सडक पुगेको छैन । जो कि दुरदराज मानिने पहाडी तथा हिमाली जिल्लाहरुमा समेत सडक पुगिसकेको छ । तर,दाङकै केही यस्ता ठाउँ छन्, जहाँ अझै पनि सडक, सञ्चार, विद्युतको सहज पहुँच छैन । दाङको बबई गाउँपालिका वडा नं. ७ मलै, वडा नं.१ को फुर्केसल्लीमा सडकको सहज पहुँच अझै हुन सकेको छैन ।

बबई १ गंगटेको हालत पनि त्यस्तै छ । ति बस्तिमा सहज सञ्चारको पहुँच छैन । त्यस्ता बस्तिहरु दाङमा छन्, भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । त्यहाँ जाँदा कुनै विकट बस्तिमा गएको भन्दा कम आभास हुँदैन । त्यस्ता बस्ति विकट मात्रै होईन्, पर्यटन तथा ब्यबसायिक हिसाबले सम्भाबना बोकेका ठाउँहरु हुन् । एकान्त तथा मनोरम वातावरण भएकाले पनि त्यहाँ पुग्न मानिशहरु लालायित हुन्छन् । बजारको थकान मेटाउन ति बस्तिहरु जान चहानेहरु धेरै छन् । त्यस्ता बस्तिहरुमा सहज सडकको पहुँच पु¥याउन सकियो भने ति बस्तिहरुको सम्भाबना धेरै छ ।

त्यस्ता बस्तिहरुको विकासमा चासो पनि नदिईएको पनि होईन्, भौगोलिक हिसाबले विकट भएकाले केही समस्याहरु भएका हुन् । अर्को तर्फ त्यहाँका टाठाबाठाहरु सुगम खोज्दै बजार बसाई सरिहाल्ने र सोझा–साझा जनता मात्रै त्यस्ता ठाउँमा बस्ने गर्दा पनि विकासको पहलमा केही कमी भएकै हुन् ।


ति बस्तिहरुमा अहिले धमाधम बजेट परिरहेकै छन् । सडक, सञ्चारका कामहरु भइरहेकै छन् । ति योजनाहरुलाई पारदर्शी र तिब्र रुपमा पूरा गर्न तर्फ लाग्नु पर्छ । भौगोलिक हिसाबले एउटै छुटै पहिचान बनाएका ति बस्तिहरु हरेक हिसाबले सम्भाबना बोकेका क्षेत्रहरु पनि भएकाले त्यस्ता बस्तिहरुको विकासमा सबैले ध्यान दिन आवश्यक हुन्छ । साभारः अग्रिम साप्ताहिक