खानेपानीको मुहान संरक्षणमा ध्यान दिऔं

जलवायु परिवतर्तनले गर्दा खानेपानीका मुहानहरु सुक्ने क्रम बढिरहेको छ । यसले गर्दा खानेपानी आपूर्तिमा समस्या हुँदै गएको छ । जलवायु परिवर्तनले गर्दा ८ महिना पानी नपर्ने र ४ महिना मात्रै पानी पर्ने हुँदा खानेपानीका मुहानहरु सुक्दै जान थालेका छन् । बर्षा सकिनै लागेको छ । बर्षामा फुटेका खानेपानीका मुहानहरु विस्तारै सुक्दै जान थालेका छन् । मानविय क्रियाकलापले गर्दा पनि पानीका मुहान सुक्ने गरेको भएपनि मुख्य त जलबायु परिवर्तनकै कारणले खानेपानीका मुहानहरु सुक्ने गरेका छन् । खानेपानीका मुहान सुक्दै जाने हो, भने भबिष्यमा अवस्था भयाबह हुन सक्छ । भविष्यमा पानीकै कारण विश्वयुद्ध हुन्छ, भन्ने खालका आँकलन पनि भइरहेका छन् । यस्तो अवस्थामा सबै तह र तप्काबाट खानेपानीको मुहान संरक्षण गर्न आवश्यक छ ।

बर्षेनी सयौं खानेपानी मुहान सुकिरहेको अबस्थामा सरकारले भने यसलाई गम्भीर रुपमा लिएको दैखिदैन । सरकारले यो विषयलाई गम्भीर रुपमा लिनुपर्छ । यसकालागि सबैले झक्झक्याउन आवश्यक छ । सञ्चार माध्यामले पनि यो विषयलाई बढि जोड तोडका साथ उठाउनु पर्छ । मानिसको जीवनसंग जोडिएको पानी जोगाउने कुरा नै अहिलेको महत्वपूर्ण विषय हो । बन बिनासले पनि यसरी खानेपानीका मुहानहरु सुकिरहेका छन् । बन जोगाउनु पनि मानिसकै दायित्व हो । बढ्दो जनसंख्याले गर्दा खानेपानीका मुहानहरु सुकिरहेका छन् ।


नेपालका मुख्य नदीहरूलाई बाह्रैमास सदाबहार रूपमा बग्नका लागि मुहानको राम्रै योगदान छ, तर तिनै मूल सुकेर हिमाल, पहाड, चुरे क्षेत्र एवं पूरै हिन्दूकुश पर्वतमा पानीको सङ्कट बढ्न थालेको छ। मूल सुकेका कारण स्थानीयले थातथलो छोड्न थालेका छन् । पालिकाहरूले आफ्नो क्षेत्रका कतिपय क्षेत्रका स्थानलाई सुक्खा घोषणा गरेर महँगा खानेपानी आयोजनाको खाका बनाइरहेका छन् । विगतमा अप्रचलित लिफ्ट, बोरिङ, डिप ड्रिलिङ जस्ता प्रविधि उपयोग गर्न थालिएको छ।

मानिसकै क्रियाकलापहरुले नै जलवायु परिवर्तन भइरहेको छ । वन फडानी गर्ने, जहाँ पायो त्यही फोहर गर्ने, रुख नरोप्ने, वातावरणलाई प्रदूषण गर्नेजस्ता कारणले वातावरण प्रदूशन भइरहेको छ र त्यसले जलवायुमा प्रत्येक्ष रुपमा असर गरिरहेको छ । यसतर्फ ध्यान दिन आवश्यक छ । साभार : अग्रिम साप्ताहिक