दीपक बाेहरा
दाङ,३० कात्तिक ।
दाङकाे तुलसीपुरमा नक्कली नाेटसहित चार जनालाई पक्राउ गरिएकाे छ । विहीबार साँझ ९ बजेतिर तुलसीपुर ९ बेलुवा र तुलसीपुर ५ बसपार्क पिपलबोटमा अबैध रुपमा नक्कली नोट भइरहेको अबस्थामा १२ वटा हजारका नक्कली नाेट फेला पारिएकाे हाे।
नाेट सहित दाङ तुलसीपुर १० राइसल्यान निवासी ३० बर्षीय राम मनी चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का १७ वर्षीय सुमन बिक, तुलसीपुर नौ उद्योग गरेका १९ वर्षीय धनबहादुर खत्री र शान्तिनगर गाउँपालिका वडा नं ४ घरभइ हाल तुलसीपुर ९ बेलुवा बस्ने १७ वर्षीय शिशिर बिकलाई पक्राउ गरिएको हो।
यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
लाइभदाङ । ३० कार्तिक २०८१, शुक्रबार १२:५८ बजे