दोस्रो ज्ञान ज्योति रनिङशिल्डको उपाधि ज्ञान ज्योतिलाई

तुलसीपुर, १३ कात्तिक ।
दोस्रो ज्ञान ज्योति फाउन्डेसन रनिङशिल्ड प्रतियोगिता २०८१ को उपाधि ज्ञानज्योति मा.वि.तुलसीपुरले जितेको छ । ज्ञान ज्योति फाउन्डेसनले गत वर्ष देखि फाउन्डेसनभित्र विद्यार्थीहरुबीच विभिन्न खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गराउने उद्देश्यका साथ रनिङशिल्ड प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

पहिलो संस्करणको विजेता अमृत एकाडेमी तुलसीपुर–१९ विजौरीको आयोजना तथा ज्ञान ज्योति फाउन्डेसनको सहकार्यमा तीन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ३ कास्य पदक हात पार्दै ज्ञानज्योति मा।वि। तुलसीपुरले उपाधी जितेको हो ।

त्यस्तै ३ स्वर्ण, २ रजत र १ कास्य पदक जितेको आयोजक विद्यालय अमृत एकाडेमीले द्वितीय स्थान हात पार्दा पब्लिक ज्ञान ज्योति तुलसीपुर–७ बम्नै २ स्वर्ण, ३ रजत र १ कास्य सहित तृतिय भयो । प्रतियोगितामा फाउन्डेसन भित्रका ८ वटा विद्यालयको सहभागिता रहेको खेल संयोजक सुनिल भण्डारीले जानकारी दिनुभयो ।


अमृत एकेडेमी बिजौरिका प्रिन्सिपल प्रताप सेजवालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ का वडा अध्यक्ष प्रेमनाथ योगिको प्रमुख आतिथ्यता एवं ज्ञान ज्योति फाउन्डेसनका संस्थापक अध्यक्ष टीका बहादुर जिसीको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा खेलाडीहरूलाई शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिएको थियो भने खेलकुद अफिसियल र उद्‌घाटन समारोहमा उत्कृष्ट झाकी तथा र्‍याली प्रस्तुत गर्ने राप्ती पब्लिक स्कुल बाघमारेलाई प्रशंसापत्र र खादासहित सम्मान गरिएको थियो ।

अमृत अकाडेमीका भाइस प्रिन्सिपल नारायण अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अमृत एकाडेमीमा अध्ययनरत छात्रा सृश्मा थापाले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन ज्ञान ज्योति कलेजका उप-प्राध्यापक सोमराज वस्नेतले गर्नु भएको थियो ।