चन्द्र सूर्य प्रालिको महोत्सव मुख्यमन्त्रीले उद्घाटन गर्ने

तुलसीपुर
२२ मंसिर / तुलसीपुरमा चन्द्र सुर्य यातायात प्रालिले लगाउन लागेको प्रथम प्रादेशिक फेस्टिबल महोत्सवको उद्घाटन लुुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले गर्ने भएका छन् ।

पर्यटन प्रवद्धनकालागि विहीबारदेखि सुरु हुन लागेको महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री तुलसीपुर आउन लागेको माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए ।


मुल आयोजक कमिटीका संयोजक सम्भु रेग्मीले दाङको पर्यटन प्रवद्धनका लागि महोत्सव आयोजनागर्न लागिएको हो । उनका अनुसार महोत्सवको तयारी पूरा भएको छ ।

महोत्सव अवधीभर प्याराग्लाइडीङको मनोरञ्जनको व्यवूथा समेत गरिएको छ । महोत्सव बरुवागाउँमा सञ्चालन हुँदैछ ।