खाजा खर्च कटाएर विद्यार्थीद्वारा क्यान्सर पीडितलाई सहयोग

तुलसीपुर, १३ असोज ।
दाङको तुलसीपुर ६ स्थित स्थित शिखा इग्लिस सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरुले खाजा खर्च कटाएर क्यान्सर पीडितलाई सहयोग गरेका छन् ।

आईतबार उनीहरुले पीडितलाई सहयोग गरेका हुन् । दंगीशरण गाउँपालिका ७ निवासी हिरा वलीको ठूलो अन्द्रामा क्यान्सर भएकाले उपचारकालागि विद्यार्थीहरुले सहयोग गरेका हुन् । आर्थिक अबस्था कम्जोर भएकाले विद्यार्थीहरुले सहयोग गरेका हुन् ।


अफ्टेरो पर्दा सहयोग गर्नुपर्ने भन्दै विद्यार्थीहरुले यस्तो कार्य गरेको प्रधानाध्यापक सुमन केसीले बताए । सहयोग माग्दै विद्यालय आएको अबस्थामा सहयोग हस्तान्तरण गरिएको हो ।