अर्जुन खोलामा डुबेका युवकको शव भेटियो

दाङ, १४ बैशाख । दाङको अर्जुन खोलामा डुबेर बेपत्ता भएका लमही नगरपालिका-५ निवासी २२ वर्षिय चेतराज चौधरीको शव आज बिहान ९ बजेको समयमा भेटिएको छ ।

हिजो अबेरसम्म फेला नपरेपछि सुरक्षाकर्मीको टोलीले आज बिहानैदेखि उनको खोजीकार्य सुरु गरेको थियो । चेतराज वैशाख १३ गते दिउँसो साथीहरूसँग नुहाउन भनेर अर्जुन खोलामा गएका थिए । नुहाउने क्रममा उनी डुबेको साथीहरूले प्रहरीलाई बताएका थिए ।

उनी डुबेको खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेर नेपाली सेना, सशस्त्र प्रहरीको सहयोगमा खोजी कार्य सुरु गरेको थियो। तर राति अबेरसम्म प्रहरी सफलता हात पार्न नसकेपछि फर्किएको थियो ।


आज बिहान मात्र चेतराज चौधरीको शव भेटिएको वडा प्रहरी कार्यालय लमहीका निमित्त कार्यालय प्रमुख धर्म खड्काले जानकारी दिए ।

अहिले उनको शवलाई पोष्ट मार्टमका लागि लमही अस्पताल लगिएको र सबै कानूनी प्रक्रिया पूरा गरेर आफन्तलाई जिम्मा लगाइने खड्काले जानकारी दिए।