तुलसीपुरमा ब्यूटिपार्लर तालिम दिने उद्देश्य सहित खुल्यो‘फिदर ब्यूटी लक्स’

तुलसीपुर , २५ असार ।
दाङको तुलसीपुरमा ब्यूटिपार्लर तालिम प्रदान गर्ने उद्देश्य सहित ‘फिदर ब्यूटी लक्स’ उद्घाटन गरिएकोछ ।

सौन्दर्य तथा स्किन केयर सेवासहित तालिम पनि प्रदान गर्ने उद्देश्ययले तुलसीपुर उपमहानगरपालिका–५, ङ लाइनमा ‘फिदर ब्यूटी लक्स’ सञ्चालनमा ल्याईएको हो ।


मामा–भान्जी विशाल रावल र सुमा बुढाथोकीको संयुक्त लगानीमा स्थापना गरिएको उक्त ब्युटी पार्लरको बिहीबार तुलसीपुर चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काले उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा खड्काले तुलसीपुरमा ब्यूटिपार्लर सम्बन्धि ठूलो लगानीमा सञ्चालन हुनु यस क्षेत्रकालागि सकारात्मक भएको बताए । करिब ६५ लाखको लागतमा सञ्चालनमा आएको हो ।