दाङमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी

दाङ, २ असोज ।
दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन् । बबई गाउँपालिका-१ कुम्बास बस्ने १९ वर्षीय याम बहादुर पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।


याम बहादुरले ती बालिकालाई गत भदौ २२ गते बबई गाउँपालिका-१ मदाने गंगटे जानेबाटोमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।