लमहीमा नयाँ बजाज WEGO इलेक्ट्रिक अटो रिक्सा सार्वजनिक

प्रिया स्मृती गजमेर
देउखुरी,९ चैत ।
बजाजका दुई पांग्रे तथा तीन पांग्रे सवारी साधनको आधिकारिक विक्रेता मेनका इन्टरप्राइजेज (बजाज अटो शोरुम), लमहीले नयाँ WEGO  इलेक्ट्रिक तीन पांग्रे अटो रिक्सा सार्वजनिक गरेको छ ।

एक कार्यक्रमका बीच लमहीमा सार्वजनिक गरिएको उक्त अटो रिक्सा स्वरोजगार प्रवर्द्धन, कम खर्च, वातावरणमैत्री प्रविधि तथा आधुनिक सवारी अनुभवलाई लक्षित गरी निर्माण गरिएको मेनका इन्टरप्राइजेज ९बजाज अटो शोरुम०, लमहीका संचालक गोपाल पन्थीले जानकारी दिनु भएको छ ।

नयाँ बजाज WEGO इलेक्ट्रिक अटो रिक्सा शहरभित्रको दैनिक आवतजावतका लागि उपयुक्त मानिएको छ । यसले आधुनिक डिजाइन, न्यूनतम सञ्चालन खर्च, उत्कृष्ट प्रदर्शन तथा विश्वसनीयता प्रदान गर्ने दाबी गरिएको छ ।

यस अटो रिक्सा लिथियम आयन ब्याट्री प्रणालीद्वारा सञ्चालित छ, जसको सिस्टम भोल्टेज ४८ भोल्ट र ब्याट्री क्षमता ८।९ किलोवाट रहेको छ । यसमा प्रयोग गरिएको शक्तिशाली इलेक्ट्रिक मोटरले ४।५ किलोवाट निरन्तर पावर तथा ३६ एनएम टर्क उत्पादन गर्दछ । साथै २– स्पीड अटोमेटिक ट्रान्समिसन प्रणालीले सहज र स्मूथ सवारी अनुभव प्रदान गर्ने छ ।


चार्जिङका लागि २।२ किलोवाटको अन–बोर्ड एसी चार्जर उपलब्ध रहेको यस अटो रिक्सा करिब ४।३ घण्टामा पूर्ण चार्ज ९१००५० र ३ घण्टा ३० मिनेटमा ८०५ सम्म चार्ज गर्न सकिन्छ । यसमा इको र पावर मोड जस्ता फरक सवारी मोडहरू उपलब्ध छन्, जसले आवश्यकतानुसार प्रदर्शन समायोजन गर्न मद्दत गर्नेछ । सुरक्षाका दृष्टिले यसमा हाइड्रोलिक ड्रम ब्रेक, रेजेनरेटिभ ब्रेकिङ सिस्टम तथा हिल होल्ड असिस्ट जस्ता आधुनिक प्रविधि समावेश गरिएको छ ।

आरामदायी यात्राका लागि ट्विन शोक अब्जर्भर सस्पेन्सन, रेडियल ट्युबलेस टायर तथा सन्तुलित डिजाइन प्रयोग गरिएको छ । यस अटो रिक्साको अधिकतम गति करिब ४५ किलोमिटर प्रतिघण्टा रहेको छ भने एक पटकको पूर्ण चार्जमा करिब १७० किलोमिटर सम्मको दूरी तय गर्न सक्ने क्षमता रहेको छ ।

आधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र विश्वसनीयता सहित प्रस्तुत गरिएको नयाँ बजाज WEGO इलेक्ट्रिक अटो रिक्सा नेपाली बजारका ग्राहकहरूका लागि आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ । यो अटो रिक्सा देशभरका आधिकारिक बजाज तीन पांग्रे शोरुमहरूमा उपलब्ध हुने र शुन्य प्रतिशत ब्याजदरमा समेत फाइनान्स उपलब्ध रहेको छ ।