अप्टिमिष्ट इन्टरनेशनलमा तुलसीपुरका दुई जना डाईरेक्टरमा निर्वाचित

तुलसीपुर, ३० भदौ ।
नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलको डाइरेक्टरमा दुई जनालाई निर्वाचित गरिएको छ। आइतबार चितवनमा सम्पन्न तेस्रो डिस्ट्रिक्ट कन्भेन्सनका अवसरमा अप्टिमिष्ट क्लब तुलसीपुरका अध्यक्ष कमल सापकोटा र राप्तीका अध्यक्ष नेत्रलाल भट्टराईलाई डाइरेक्टरमा निर्वाचित गरिएको हो।


यस्तै क्लबको डेपुटी गभर्नरमा दाङका निशान आचार्यलाई चयन गरिएको छ। त्यस्तै लेफ्टिनेन्ट गभर्नरमा मानबहादुर बस्नेतलाई निरन्तरता दिइएको छ। लेफ्टिनेन्ट गभर्नरको कार्यकाल दुई वर्ष रहन्छ। प्रताप बाबु थापाको नेतृत्वमा अप्टिमिस्टको नयाँ नेतृत्व चयन गरिएको छ।