प्राबिधिक शिक्षालयलाई सार्नकालागि साढे ७ करोड बजेट

तुलसीपुर
१ असार / लुम्बिनी प्रदेशको राजधानी भालुवाङ  सार्नकालागि राप्ती प्राविधिक शिक्षालयलाई अन्यत्र सारिने भएको छ ।

लुम्बिनी प्रदेशका आर्थिक  मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थक बर्ष २०७९÷०८० कालागि बुधबार संसदमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।


शिक्षालयलाई गढवा गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरी नमुना शिक्षालयको रुपमा विकास र व्यवस्थापन तथा सरस्वती माध्यमिक विद्यालयको भौतिक संरचना निर्माण गरिने बताएका हुन् ।

त्यसकालागि ७ करोड ५० लाख विनियोजन गरिएको छ ।