बबईमा बिशेषज्ञ स्वास्थ्य शिविर

तुलसीपुर
१२ चैत / दाङको बबई गाउँपालिका वडा नं. ६ स्थित पञ्चकुले स्वास्थ्य चौकीमा बिशेषज्ञ स्वास्थ्य शिविर भएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य,जनसंख्या तथा परिवार कल्यान मन्त्रालय र जनस्थ्य निर्देशनालयको आयोजनामा शिविर सञ्चालन भएको हो । उक्त शिविरबाट १५३ जनाले सेवा लिएका हुन् । ति मध्ये ५ जनालाई रेफर गरिएको हो ।

चारजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रेफर गरिएको हो । उनीरुमा पाठेघरको समस्या थियो । त्यस्तै एक जनलाई हर्नियाको समस्या थियो । उनलाई बाँके रेफर गरिएको छ । गाउँका नागरिकलाई सेवा दिनकालागि यस्तो शिविर सञ्चलालन गरिएको लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री(वली)ले बताउनुभयो । उहाँका अनुसार दंगीशरण, शान्तिनगर,बबईलाई पायक पर्ने गरि त्यहाँ बिशेषज्ञ सेवा सहितको शिविर सञ्चालन गरिएको हो ।


अझै पनि गाउँ–गाउँमा रोक लुकाएर बसेको भन्दै उनीहलाई सेवा दिन यस्ता शिविरको अयोजना गरिएको हो । त्यहाँ महिला बालबालिका, जनरल मेडिसिन र दाँत सम्बन्धि निःशूल्क बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको हो । डा. विनोद सिंह, डा. अजय गौतम,डा. रमिता कडेँल,डा.रोशन पौडेल,डा. रचना खड्का,डा. मुखिया घलले सेवा प्रदान गरेको स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत जनार्दन अधिकारीले जानकारी दिनुभयो ।

त्यस अवसरमा स्वास्थ्यकर्मी दोर्ण वली, जीवन खड्कालगायतको सहभागिता रहेका थियो । स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बबई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शरद गिरीले गर्नुभएको थियो । कार्यक्रमकमा स्वास्थ्य चौकीका इञ्चार्ज कमलबहादुर कनौले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।