दाङ,२८ भदौ ।
दाङमा स्क्रब टाइफसका बिरामी बढेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीमा स्क्रब टाइफससँग मिल्दो जुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ संक्रमण देखिने विरामीको संख्या बढेको हो ।
२०८१ सालको बैशाखदेखि भदौको अहिलेसम्म एकसय वढि विरामीहरुमा स्क्रब टाइफसको संक्रमण भेटिएको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिनुभयो । गएको बैशाखदेखी भदौ २७ गतेसम्ममा १ हजार ३ सय ८४ जना विरामीहरुले आफ्नो स्वास्थ्य परीक्षण गरेकोमा १ सय ५७ जनामा पोजेटिभ देखीएको भट्टराइले बताउनुभयो ।
स्क्रब टाइफसका पोजेटिभ देखीएका ती बिरामीमा ज्वरो आउने, पसिना आउनेलगायतका लक्षण देखिने र बेलैमा उपचार गरे निको हुने उहाँको भनाई छ । यद्यपी उपचारमा ढिलाई गरेमा भने ज्यानै जान सक्छ ।
लाइभदाङ । २८ भाद्र २०८१, शुक्रबार २१:२० बजे